नेपाली वास्तुकलामा प्रविष्ट झ्यालको विविधता
परिचय
मानिसले बसोवासको निमित्त वास्तुको निर्माण गर्ने परम्पराको थालनी भएदेखि झ्यालको प्रचलन शुरु भएको देखिन्छ । कोठामा प्रकाश, हावा र घाम प्राप्त गर्न र बाहिरी दृश्यावलोकनको लागि झ्याल राख्ने चलन चलेको हो । प्रारम्भमा यसको स्वरूप सामान्य किसिमको मात्र रहेको सहजै अनुमान गर्न सकिन्छ । मानिसले कलाको माध्यमद्वारा आफ्नो भावना प्रकट गर्ने प्रथा शुरु हुन थालेपछि कलाकारले भित्ता, काठ, ढुङ्गा, माटो आदिमा आफ्नो भाव प्रकट गर्न थालेका हुन् । यसैक्रममा तिनीहरूले वास्तुकलामा प्रयोग हुने काठका झ्याल, ढोका, टुँडाल, तोरण आदिलाई आफ्नो कलाको माध्यम बनाउन थाले । परिणाम स्वरूप वास्तुकला सुन्दर र आकर्षक बन्नमा ठूलो योगदान पुग्न गयो। हुनपनि झ्याल बिनाको घर मानिस बस्नको लागि लायक हुँदैन । त्यसैले आफ्नो सभ्यताको विकाससंगै मानिसले झ्यालको पनि विकास गरेको थाहा हुन्छ ।
झ्याल नेपाली वास्तुकलाको एउटा प्रमुख अङ्ग हो । यसको महत्वलाई दृष्टिगत गरी दरवार, आवासगृह, विहार आदि सबै किसिमका वास्तुहरूको निर्माण गर्दा त्यसलाई सुन्दर र आकर्षकसमेत बनाउन झ्यालको स्वरूपमा विविधता प्रदान गर्न थालेको बुझिन्छ । यसक्रममा साधारण किसिमका झ्यालहरू वाहेक विस्तारै आँखीझ्याल, सझ्याल, गाझ्याल, विमानझ्याल, सूर्यझ्याल, मयूरझ्याल आदिको विकास हुन थाल्यो । कलाकारहरूले सबै किसिमका झ्यालहरूमा विभिन्न कलाकृतिलाई समावेश गर्न थाले । जसले गर्दा नेपाली वास्तुकलाको मुख्य आकर्षण नै कलात्मक झ्यालहरू हुन पुगेको छ । काठमाडौं उपत्यका र यसको सेरोफेरोका मध्यकालीन वस्तीहरूमा विकास भएको सुक्ष्म कारीगरीता सहितको विभिन्न किसिमका कलात्मक झ्यालहरू अहिले पनि हाम्रो अगाडि छन् । आधुनिककालको प्रारम्भ र राणाकालमा निमार्ण भएका स्थानीय वासिन्दाहरूले आफ्नो वास्तुमा उल्लेखित कलात्मक झ्यालहरू जडान गर्ने परम्परालाई निरन्तरता दिँदै आएका थिए । साथै झ्यालका भित्री र बाहिरी चौकोस, तोरणयुक्त झ्याल, तहतयुक्त ससाना स्तम्भ आँखीझ्याल, टुँडाल आदिमा कुँदिएका काष्ठकला धेरै नै मनन योग्य छ । वास्तवमा आज नेपालले काष्ठकला क्षेत्रमा विश्वमा जुन प्रतिष्ठा आर्जन गरेको छ त्यसमा कलात्मक झ्यालहरूको ठूलो देन छ ।
प्राचीनकालदेखि नेपालको सांस्कृतिक केन्द्र काठमाडौं उपत्यका रहिआएको छ । अन्य क्षेत्रहरूको अलावा कला र वास्तुकलाको उल्लेख्य विकास यही ठाउँमा भएका छन् । त्यसकारण विभिन्न किसिमका कलात्मक झ्यालहरू काठमाडौं उपत्यकाभित्र देख्न सकिन्छ । हुनत उपत्यकाको सेरोफेरोका केही ऐतिहासिक वस्तीहरूमा पनि त्यस्तो झ्यालहरू देख्न नपाइने होइन । तर, त्यो नगण्य मात्रामा छन् । तत्कालीन समाजका केही प्रतिष्ठित वर्ग र भारदारको घरमा त्यस्तो झ्यालहरू जडान गरिएको देख्न पाइन्छ । तर पर्याप्तता भने काठमाडौ उपत्यकाभित्रका मूल शहरहरू कान्तिपुर, भक्तपुर र ललितपुरमा देख्न सकिन्छ । यसरी उपत्यकाको कला र वास्तुकलाको प्रथम विकास हुनमा मध्यकालीन राजाहरूको प्रतिस्पर्धाले धेरै सहयोग पत्याएको थियो । यहाँको समाजमा प्रचलित विभिन्न ऐतिहासिक झ्यालहरूलाई निम्न अनुसार चर्चा गर्न सकिन्छ ।
क) गाः झ्याल
चर्चित ऐतिहासिक झ्यालहरूमा गाझ्याल एक हो । यस्तो झ्याल उपत्यकाको सबै ऐतिहासिक वस्तीका पुराना घरहरूमा देख्न सकिन्छ । नेवार भाषामा यसलाई ‘गा झ्या’ भनिन्छ । सो भाषाको ‘गाः’ शब्दले खाल्डो र ‘झ्या’ ले भवाललाई जनाउँछ । तसर्थ ‘गा. झ्याः’ भन्नेको खाल्डो परेको झ्याल हो । हुनत बाहिरबाट हेर्दा यसमा कुनै किसिमको खाल्डो देखिदैन । भित्र कोठाबाट हेर्दा मात्र तलतिर खाल्डो परेको थाहा हुन्छ । किनभने झ्यालको चौकोस तलको दलिनलाई करिव एक डेड फुट बाहिर निकाली त्यसमा अड्याएर शिर माथिको दलिनलाई करिव दुई–तीन फिट बाहिर निकाली झ्यालको माथिल्लो चौकोसलाई त्यसैमा जोडेको हुन्छ । त्यसक्रममा झ्यालको चौकोस तलबाट माथितिर करिव ७५ डिग्रीमा ढल्केको हुन्छ । यसले झ्याल नै तल झुकिएको जस्तो देखिन्छ । त्यसकारण यस्तो झ्याललाई ‘कोछझ्या’ पनि भनिन्छ (स्लसर, १९८२ : १३२) । नेवार भाषामा ‘को अर्थ झुकिएको अर्थात् तलतिर ढल्किएको भन्ने बुझाउँछ । झ्यालबाट सिधा उभिएर तल हेर्न सकिदैन ।
त्यसरी बनाइएको झ्यालमा भित्रपट्टि बस्नको निमित्त दलिनबाट करिव एक डेढ फट माथि उठाई बाक्लो काठको फल्याक राखी मेच जस्तो बनाइन्छ । सो फल्याकको मुनि गहिरो जस्तो देखिन्छ । त्यसकारण यसलाई गाझ्याल भनिएको हो । यस किसिमको झ्यालमा तीनवटा विशेषताहरू हुन्छन् । त्यसमध्ये पहिलो, झ्याल मुनी खाल्डो रहनु, दोस्रो, तलबाट माथि उठेको झ्यालको चौकोस टुँडाल जस्तै ढल्केको हुनु र अन्तिम, झ्यालमाथि छाना हुनु हो । झ्यालको माथिल्लो भाग घरको गारोभन्दा दुई–तीन फिट बाहिर निस्किने हुँदा त्यसको माथि छाना राखिएको हुन्छ । कुनै झ्यालमा घरको छानाबाट छोपेको पनि हुनसक्दछ । गाझ्याल तीन, पांच, सात, नौ वा एघार मुखेसम्म हुन्छन् । दायाँबायाँका झ्यालहरू पखेटा आकारमा आँखीझ्याल बुट्टाहरू प्रयुक्त गरिन्छ । यसको बाहिरी स्वरूप दायांबायाँ ढल्केको र बीचमा शिखर आकृति वर्गाकार, आयताकार वा अण्डाकार ढाँचामा खोल्न मिल्ने गरी खापाहरू हुन्छन् । दायाँबायाँ ढल्केको भागमा आँखीझ्याल एवं कुशल र कलश आकारका बुट्टायुक्त टुँडाल देख्न सकिन्छ । त्यस्तो आँखीझ्याल कतै घरको भित्तामा नै टाँसिएको हुन्छ भने कतै भित्ताभन्दा केही बाहिर निस्किएका हुन्छन् । झ्यालको छानामुनि मानव अस्थिपञ्जरका टाउको, कुकुरको दाँत, पानीको तरङ्ग, नागबेली फूल, घण्टाकार आदि बुट्टाहरू कुँदिएको हुन्छ । झ्यालको स्वरूप अनुसार मध्यभागको चौकोसमा कलश आकृतिमा ३ वटा साना स्तम्भहरू तहतह पारी भित्री चौकोससित जोडिएको हुन्छ । एवंप्रकार तल्लो भागमा आँखीझ्यालका बुट्टाहरू र त्यसको पृष्ठभूमिमा उभिरहेको गरुड, उड़ी रहेका परी आदि बुट्टाहरू हुन्छन् । साथै झ्यालको तल्लो भागमा तेर्साइएका थाम (निदाल) मा झ्यालको स्वरूप अनुसार लहरै चरा, फूलको लहरा, कमलको पात, बेरिएको डोरी, काँक्रोको बियाँ, भैंसीको आँखा, मुसाको दाँत, सिंह आकृति आदिका विभिन्न बुट्टाहरू कुँदिएका हुन्छन् । सबैभन्दा तल झल्लर आकारको बुट्टा हुन्छ । यस प्रकारको झ्यालका दायाँवायाँको पखेटा आकारको खापा खोल्न नमिल्नेगरी जडान गरिएको पाइन्छ । उपत्यकाका ऐतिहासिक दरवार, मठ, विहार, आवासगृह आदि धेरै ठाउँमा यस्तो गा झ्याल देख्न पाइन्छ । भक्तपुर दरबार, हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुरको टौमढी टोल, खौमा टोल, दत्तात्रय क्षेत्रका मठहरू, काठमाडौं हनुमानढोका दरबारको कुमारी घर, असन, भोटाहिटी क्षेत्रमा यस्तो गाझ्याल लगाइएको छ ।
ख) सँझ्याल
काठमाडौ उपत्यकामा प्रचलित ऐतिहासिक काष्ठभवालहरूमध्ये संझ्यालको पनि त्यतिकै स्याति छ । नेवार भाषामा सम्बोधन हुने यसको वास्तविक नाम ‘संभस्या हो कुन अर्थमा यसलाई ‘सँझ्या’ भन्ने गरिएको हो भनेर जाने स्पष्ट आधार हामीसित छैन। यद्यपि ‘झ्या’ को अर्थ झ्याल हुने कुरा माथि नै उल्लेख भइसकेको छ । तर यस भाषामा ‘स’ को विभिन्न अर्थ लाग्दछ । खासगरी यस शब्दले भोट (तिब्बत) लाई सङ्केत गरेको अर्थ लगाइएको छ । नेवारहरू भोटलाई ‘संदे’ भन्ने गर्छन् । त्यस्तो झ्याल भोटबाट अनुकरण गरी यहाँ प्रचलनमा ल्याएको हुनाले सोही आधारमा ‘संझ्या’ भन्ने गरिएको पाइन्छ (कोल्भर र श्रेष्ठाचार्य, १९८७ : ७४) अकोतिर यसै भाषामा शिरको केशलाई पनि ‘म’ भनिन्छ । कलाकारले त्यस्तो झ्यालमा केश जस्तै सुक्ष्म तरिकाले आफ्नो कारीगरीपन प्रस्तुत गरिएको हुँदा ‘सझ्या’ भन्ने चलन रहेको पनि मानिन्छ ।
झ्याल धेरै जसो तीनवटा जोडिएको हुन्छ। त्यसवाहेक पाँच सात नौ र एघारवटासम्म जोडिएको झ्यालहरू पनि छन् । यस्तो झ्यालहरू उपत्यकाका तीनवटै दरबार क्षेत्रलगायत शहर बस्तीका प्रतिष्ठित र आर्थिक रूपले सम्पन्न व्यक्तिहरूको घरमा देख्न पाइन्छ । यसले घरको शोभा बढाउनुको साथै घाम र हावा पूर्णरूपमा आवतजावत हुने, कोठामा प्रशस्त प्रकाश र घाम छिर्ने र सजिलै बाहिरको दृष्य अवलोकन गर्न सकिने हुनाले यस्तो झ्याल धेरै प्रयोग गर्ने चलन थियो । संझ्या खासगरी घरको दोस्रो वा तेस्रो तल्लामा राखिने चलन छ । यस्तो झ्यालबाट बुढापास्नी गरेका वृद्धवृद्धालाई भित्र्याउने ठुलठूला अवसरहरूमा लावा अबीर छर्ने, जात्रा उत्सव हेर्न आदि सांस्कृतिक कार्यहरूमा समेत उपयोग हुन्छ । त्यसैले मध्यकालमा संझ्यालको महत्व थियो । यसलाई समाजमा प्रतिष्ठाको दृष्टिले समेत हेर्ने चलन थियो । त्यसकारण मानिसहरू आफ्नो छोरीबेटीको विवाह साधारणतया संझ्याल भएका घरमा होस भन्ने चाहन्थे । यस्तो झ्याल नभएका घरपरिवारलाई निम्न स्तरको मान्ने चलन थियो । नेवार समुदायको गीतसङ्गीतमा यस्तो भाव व्यक्त गरिएको पाइन्छ । प्रख्यात ‘राजमती कुमती’ बोलको गीतमा लमीको बदमासीले राजमतीको विवाह सझ्याल नभएको घरमा हुन गएको भाव स्पष्ट रूपमा व्यक्त गरिएको छ । यसबाट पनि त्यसबेला खानदानी घरहरूमा मात्र सँझ्याल हुन्थ्यो भन्ने बुझिन्छ ।
सँझ्याल मूलत दुई किसिमले जडान गर्ने गरिएको छ । एकथरी घरकै गारोको बराबरीमा जडान गरिएको हुन्छ भने अर्को, झ्यालको चौकोसलाई गारोभन्दा अलि बाहिर निकालिएको पाइन्छ । तर, सबै किसिमको सँझ्यालका बाहिरी र भित्री चौकोस सिधा हुने भएकोले गा झ्याल जस्तै ढल्केको र भित्र खाल्डो परेको हुँदैन । यद्यपि सँझ्याल र गाझ्याल दुबैका बुट्टाहरु झण्डै उस्तै देखिन्छन् । त्यसैले अधिकांश मानिसहरु ती दुई किसिमका झ्यालवारे अल्मलिने गरेको पाइन्छ । वास्तवमा गाझ्यालका विशेषताहरु सझ्यालमा पाइँदैन । गाझ्यालका चौकोसहरुमध्ये तलवाट माथि उठाइएका चौकोसहरु सबै बाहिरतिर ढल्केको हुन्छ । साथै दायाँवायाँका छेउको चौकोसलाई टुँडाल ढाँचामा राखी त्यसैमा आँखीझ्याल बुट्टाका खापा जोडिएको र झ्यालको माथि छानासमेत छाएको हुन्छ । तर, सझ्यालका चौकोस सिधा हुनुका साथै तहयुक्त बनाइ स्तम्भ ढांचामा कलशाकार, अष्टमंगलका चिन्ह, फूलबुट्टाहरु प्रयुक्त गरिन्छ । झ्यालका भित्री चौकोस अर्धवृत्ताकार, वर्गाकार, शिखराकृति एवं तोरण ढाँचाका हुन्छन् । साथै झ्यालको माथिपट्टी तेर्साइएको काठमा काष्ठकलाका सुक्ष्मबुट्टाहरु दन्ताकार, घण्टाकार, आँखीभौ, आँखा, खुडकिला, लहरै राखिएका चराहरु, देव आकृति, फूल आदि उत्कीर्ण भएका छन् । यसप्रकार तल्लो भागमा पनि आंखी, फल, नाग, गरुड, मानव शारीरिक अंग, लहरै राखिएका चराहरु, डण्डाकार, अण्डाकार, नागवेली आदि बुट्टाहरु हुन्छन् । यस्तो झ्याल भित्ताको बराबरी गरी जडान गर्ने हुँदा छुट्दै छानाको आवश्यकता पर्दैन ।
ग) विमानझ्याल
विमान शब्दको उत्पत्ति वैदिककालदेखि भएको देखिन्छ । त्यतिवेला आकाशमा उड्ने रथलाई विमान भनिन्थ्यो । शास्त्रीय मान्यताअनुसार वैदिक देवताहरू विमानमा बसेर आआफ्नो लोकमा भ्रमण गर्थे । अहिले पनि आकाशमा उड़ने यातायातको साधनलाई विमान भन्ने चलन छ । यसबाट आकाश एवं हावामा उड़ने खालको स्वरूपलाई विमान भन्ने बुझाउँछ । दक्षिण भारतमा विमान स्वरूप बनाइएका थुप्रै मन्दिरहरू छन् । त्यस्तो मन्दिरहरू पिरामिडं स्वरूपमा तहतह खुड्किला जस्तो बनाइ तलबाट माथि साँघुरिन्दै गएको हुन्छ । तर, नेपालमा त्यस्तो मन्दिर पाइदैन । तथापि यहाँका विभिन्न शैलीका वास्तुहरूमा विमान स्वरूप बनाइएका झ्यालहरू यथेष्ट मात्रामा छन् ।
घरको गारोभन्दा बाहिर वरण्डा जस्तै निकाली त्यसैमा विमान झ्याल जोडिएको हुन्छ । झ्यालको भार थाम्नको लागि यसको स्वरूप अनुसार तीन, पांच वा नौ वटासम्म टुँडालहरू राखिएको पाइन्छ । झ्यालका चौकोसहरू सिधा हुन्छन् । विद्यमान झ्यालहरूमध्ये एक, तीन, पाँच, सात, नौ र एघार मुखेसम्मका छन् । तर, धेरैजसो विमानझ्यालहरू तीन र पाँचमुखे देखिन्छन् । यसको भित्री चौकोस वर्गाकार, आयताकार, अण्डाकार एवं शिखराकार हुन्छन्। दायाँवायाँका चौकोसहरूमा तहतह परेका साना स्तम्भहरू उठाइएको हुन्छ । त्यस्तो स्तम्भहरूमा नागबेली बुट्टा, कमलको पात, कलशाकार आदि बुट्टा अङ्कित गरिएको छ । झ्यालको सबैभन्दा माथिल्लो भागमा तेसाएको चौकोसमा छेपारो, बारुलो, पात, आँखीभौ, नागवेली बुट्टा, चारपाते फूल, सिंह आकृति, अस्थिपञ्जरका टाउको आकारका बुट्टाहरू कुदिएका छन्। एवंप्रकार झ्यालको तल्लो भागमा अष्टमङ्गलका चिन्ह, दन्ताकार, फूलको पात, चराहरू, उड़ी रहेका गरुड एवं नाग, पुतली, आँखीझ्याल आदि बुट्टाहरू र सबैभन्दा तल भल्लर युक्त बुट्टा कुडिएको हुन्छ । यसप्रकारको झ्याललाई टाढाबाट हेर्दा मानौ उड़न लागेको झ्याल जस्तो देखिन्छ । त्यसकारण यसलाई विमानझ्याल भनिएको हो। यसलाई घरको तेस्रो वा चौथो तल्लामा लगाइएको पाइन्छ । यस झ्यालका आकर्षक नमूनाहरू हनुमानढोका दरवार क्षेत्र, कुमारी घर, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, पचपन्न झ्याल, दतात्रय क्षेत्रको पुजारी पठ, वादली मठलगायत टौमढी क्षेत्रका निजी आवासीय घरहरूमा जडान भएका छन् ।
घ) तिकाझ्याल
आँखीझ्याललाई नेवार भाषामा तिकाझ्या भनिन्छ । यस्तो झ्यालमा गाईको आँखा जस्तो देखिने प्वालैप्वालमात्र हुन्छ । ऐतिहासिककालका साधारण घर, मन्दिर, सत्तल, बिहार, मठ, ठूलठूला भवनलगायत दरवारमा समेत थरीथरीका बुट्टाहरू भएका विभिन्न आकारका तिकाझ्याल लगाएको पाइन्छ । यस्तो झ्याल धेरै जसो घरको जमिन तल्ला र त्यसभन्दा माथिको पहिलो तल्लामा लगाउने चलन छ । सुरक्षाको दृष्टिकोणले यस्तो झ्याल वढी उपयोगी मानिन्छ । स्तम्भयुक्त चौकोसभित्र वर्गाकार, आयाताकार, गोलाकार, अण्डाकार आदि ढाँचामा कोणात्मक वा वर्गाकार बुट्टामा प्वालैप्वालको आखीझ्याल निकालिएको हुन्छ । यस्तो झ्यालमा तीन–चार किसिमका बुट्टाहरूमध्ये कुनै एउटा हुनसक्छ । पहिलो, माःका (macika or maka) बट्टा हुन् । यसमा अखीझ्याल बुट्टालाई ९० डिग्रीको समानान्तर (rectangular) कोणमा राखिन्छ। दोस्रो, ईका (Iika, Icika pattern) स्वरूपमा ४५ डिग्रीको समानान्तर रविकर्ण अर्थात् तेर्सो रेखा (rectangular and diagonal) कोणमा बनाइन्छ । तेस्रो, हलवा (Halagwa) ढांचा (Disti pattern) मा ५६ डिग्रीको कोणमा बनाउने प्रचलन छ (कोल्भर र श्रेष्ठाचार्य, उही :१९५ ।। त्यस्तै अर्को मलेग्वा (Malegwa) ढाँचामा समानान्तर र विकर्ण कोणमा बनाउने गरिएको छ। यस्तो झ्यालको भित्री चौकोस र बाहिरी चौकोसमा पनि विभिन्न बट्टाहरू जस्तो कुकुर दन्त, कलशाकार, कमलको पात, पानीको तरङ्ग, सिंह आकृति आदि बुट्टाहरू हुन्छन् । झ्यालको माथिल्लो भाग कोलोमा देवी देवताको आकृति आँखीभौ आकारको बुट्टा, फुलको पात, तर्हेतहयुक्त खुडकिलो बुट्टाहरू रहेका छन् । झ्यालको तल्लो भागमा बारुलो आकार, नागवेली आकार, फूलका लहरा, डोरी बाटेको, चरा, गरुड आकृति आदि बट्टा कुँदिएको पाइन्छ । तिकाझ्यालका धेरै जसो बाहिरी चौकोस स्तम्भ स्वरूपमा तहैतह ससाना खम्बाहरू राखिएको हुन्छ । यस्तो झ्याल कुनै पनि खोल्न मिल्दैन र घरको गारोमा नै जोडिएको हुन्छ ।
ङ) मयुर झ्याल
काष्ठ झ्यालहरूमा मयुर झ्यालकी विशेष ख्याति छ । नेवार भाषामा यसलाई ‘म्ह्यखा झ्याः’ भनिन्छ । यस भाषामा मयुरलाई ‘म्ह्यखा’ र झ्याललाई ‘झ्याः’ भनिन्छ । त्यसकारण ‘म्ह्यखा झ्या’ भनेको मयुर बुट्टा कुँदिएको झ्याल भन्ने बुझिन्छ । यस्तो झ्याल भक्तपुरको पुजारीमठ र काठमाडौँको कुमारी घरमा प्रयुक्त भएका छन् । उपत्यकामा रहेका मयुर झ्यालहरूलाई चार भागमा विभाजन गरेर हेर्न सकिन्छ । त्यसमध्ये पहिलो, झ्यालको बीचमा प्वाँख फिजाइ उभिरहेको मयुर, दोस्रो, बीच तहको गोलो डोरी बाटेको बुट्टाभित्र उभिरहेको मयुर, तेस्रो, आँखीझ्यालको पृष्ठभूमिमा लहरै उभिरहेका ससाना मयुर र चौथो, तोरणसहितको मयुरझ्याल हुन् । पहिलो किसिमका झ्यालहरूमा मयुरलाई केन्द्र बनाई त्यसले प्पाख फिजाई वृत्ताकार ढाँचामा डोरी वाटिएको हुन्छ । वृत्तको बाहिरी चौकोसहरू वर्गाकार ढाँचामा दायाँवायाँ उडिरहेको परी कुदिएको पाइन्छ । चौकोसको दायाँवायाँ र माथि गरी तीनतिर साना चराहरूले घेरिएको छ ।
चौकोसमा ससाना स्तम्भयुक्त ढांचामा विभिन्न बुट्टाहरू हुन्छन् । स्तम्भको तल्लो फेदको दायाँवायाँ उडिरहेका मानव आकृति र मानव शिर दिएको छ । यस्तैगरी माथिल्लो भाग कोलामा अस्थिपञ्जरका टाउकाहरू अर्थात धलिख्वा बुट्टाहरू देखिन्छन् । झ्यालको मूल स्वरूप तलमाथि आयताकार र बीचमा वर्गाकार ढाँचाका छन् । दोस्रो किसिमको मयुरझ्याल वर्गाकार चौकोसभित्र विकर्ण कोणहरू अलिमाथि उठाई यसैमा तीन तहको वृत बनाइ बीचमा साधारण किसिमले मयूर उभिरहेको देखाइएको छ । वृत बाहिर लहरा पातहरू अङ्गित छन् । यो झ्याल पनि तल माथि आयताकार र बीचमा वर्गाकार चौकोस स्तम्भयुक्त बुट्टामा कुदिएको छ । माथिल्लो आयातकार स्वरूपमा अस्थिपन्जरका टाउकाहरू लहरै छन् । झ्यालको तल्लो चौकोसमा उडिरहेको मानव आकृति र मानव शिर छन् । तेस्रो किसिमको मयुर झ्यालमा सानो आँखीझ्याल बुट्टामा तीन तहको लहरै साना मयुरहरू उभिरहेको छ । यो झ्याल वर्गाकार ढाँचामा स्तम्भयुक्त चौकोसभित्र सीमित गरिएको छ । उल्लेखित तीन प्रकारका मयूरझ्यालहरू भक्तपुर पुजारीमठको पूर्वी भागमा देख्न सकिन्छ । एवंप्रकार अर्को मयर झ्याल काठमाडौ वसन्तपुर कुमारीघरमा छ । यो झ्याल पुजारीमठको प्वाख फिजाइ राखेको मयुरझ्यालकै स्वरूपमा भए तापनि यसमा तोरण जडान गरिएको छ । तोरणको बीचमा देवी आकृति र तल माथि मकर, बादल, क्षपु, अङ्कित गर्नुका साथै सबैभन्दा माथि गजुर राखिएको छ । झ्यालको बाहिर आयताकार चौकोसमा तहतह खुडकिला बुट्टाहरू, लहरा पात तथा दन्तका बुट्टाहरू कुँदिएका छन् । यस झ्यालमा पनि स्तम्भयुक्त चौकोस र त्यसको मुनी उडिरहेका मानव आकृति अङ्कित छ । तर यस झ्यालमा मयुरलाई गोलोवृत्त भित्र केन्द्रित गरिएको छैन ।
च) सूर्यझ्याल
सूर्यको आकृति अङ्कित झ्याललाई सूजझ्याः अर्थात् सूर्यझ्याल भनिन्छ। यस्तो झ्याल उपत्यकाका तीनवटै ठूला शहरका घरहरूमा लगाइएको छ । झ्यालमा कुँदिएको सूर्य र त्यसको किरण बुट्टाको आधारमा सूर्यझ्याललाई तीन प्रकारमा बाहुन सकिन्छ । यद्यपि सबै सूर्यझ्यालहरूमा गोलोवृत्तभित्र सूर्य र त्यसको किरण उत्कीर्ण गरिएको छ । त्यसरी उत्कीर्ण गरिएको किरणलाई निम्न उल्लेखित तीन किसिमबाट विभाजन गरिन्छ ।
पहिलो, किरणलाई कैची ढाँचामा उत्कीर्ण गरी प्रत्येक किरणको टुप्पामा मानव आकृति छन् । सो किरणको ठिक केन्द्रमा उषा र प्रत्युषा सहित सूर्यको स्थानक मूर्ति अङ्कित छ । यसमा सूर्यको किरणलाई डोरी बाटेको बुट्टामा गोलोवृत्तभित्र राखिएको छ । वृत्तबाहिर भित्री चौकोसको माथिल्लो भागमा दायाँबायाँ दुई देव आकृति र लहरा पातहरू छन् । सोही चौकोसको तलतिर (दायाँवायाँ र माथि) लहरै ससाना चराहरू कुदिएको छ । बाहिरी चौकोस खम्बाको ढाँचामा दायाँबायाँ तीन तीन वटा छन् । ती खम्बाहरूमा कलशाकार, याकको पुच्छर, लप्सीको वियाँ, घण्टाकार आदि विभिन्न बुट्टाहरू कुदिएको पाइन्छ । झ्यालको माथिल्लो चौकोसको बीचमा चारहात युक्त देव आकृति छ । माथिल्लो र तल्लो दुबै बाहिरी चौकोसमा तहैतह युक्त खुडकिलो ढाँचामा बुट्टाहरू कँदिएको छ । यस किसिमको सूर्यझ्याल भक्तपुरको पुजारीमठ, तजामठ र पाटन सिःगबहालको चामुण्डा मन्दिर अगाडिको सत्तलमा छन् । तर, पाटनको सूर्यझ्यालको तल्लो चौकोसमा सातवटा घोडाले तानेका रथाकार ढाँचामा बीचमा सारथी अरूणको आकृति अङ्कित छ ।
दोस्रो किसिमको सूर्यझ्याल काठमाडौं कुमारीघरमा जडान भएको छ । त्यहाँको सूर्यझ्याल तोरणयुक्त र तोरणको बीचमा १६ हात भएका देवी र देवीको दायाँवायाँ खड्ग समाएका अर्को दुई देवीको आकृतिलगायत पंचतत्वको प्रतीक स्वरूप विभिन्न दृष्यहरू देख्न सकिन्छ । सो झ्यालको चौकोस आयताकार स्वरूपमा तलमाथि समान्तर र बीचमा वर्गाकार ढाँचामा छ । भित्री चौकोसमा फूल, कमलको पात र आँखीझ्यालका बुट्टाहरू छन् । बाहिरी चौकोस कलशाकार ढाँचामा दन्ताकार, घण्टाकार, लप्सीको बियाँ, डोरी बाटेको, पानीको तरङ्ग जस्ता विविध बुट्टाहरूद्वारा सजिएको छ । झ्यालको मुख्य केन्द्रमा किरणसहित सूर्यमूर्ति छ । यस झ्यालमा सूर्यको किरण फूलबुट्टायुक्त आँखीझ्याल ढाँचामा फैलिएको छ । तेस्रो, काठमाडौं हनुमानढोका दरवार प्राङ्गणस्थित श्वेतभैरवको दायाँवायाँ रहेको तोरण सहितको सूर्यझ्याल हो । सो झ्याल अरू सूर्यझ्यालको तुलनामा निकै कलात्मक छ । त्यस झ्यालमा बाह्रवटा घोडाले तानेको रथमा विराजमान सूर्य अडित दृश्य देखाइएको छ ।
सूर्यकिरणलाई तीन तहमा फूलको माला उनेको ढाँचामा गोलाकार बनाइ अर्को वृत्तभित्र केन्द्रित पारिएको छ । झ्यालको भित्री र बाहिरी सबै चौकोस वर्गाकार स्वरूपमा स्तम्भयुक्त छन् । भित्री चौकोसमा गजुर सहितको तोरण राखिएको छ । सबै चौकोस त्यतिनै कलात्मक देखिन्छ ।
बाहिरी चौकोसको तलतिर दायाँबायाँ हात उठाएर उभिरहेको दुई देव आकृतिहरू छन् । चौकोसको माथिल्लो भागमा कुकुरको दन्त, सुपारी, रांगोको आँखा, अष्टमङ्गल, मुसाको दन्त, छेपारो, फूल, लहरापात आदि बट्टाहरू उत्कीर्ण गरिएको छ । सबैभन्दा तल्लो भागमा दश दशवटा चराहरू लहरै दुई तहमा छन्। त्यसभन्दा माथि नागवेली, दन्त, फलका पात एवं आंखीझ्याल बट्टाहरू छन् । सो आँखीझ्यालको ठीक बीचमा दुवै हात उठाएर बसेकी देवी मूर्ति र त्यसको दायाँबायाँ उडिरहेका नागहरू देखाइएको छ । झ्यालको तल्लो भागको त्यस्तैगरी तेस्रो चौकोसमा दायांबायाँ कुनामा गरुड र जनावर आकृति भएको शार्दूल जस्तै दुई आकृति छन् । झ्यालको स्वरूप माथिल्लो भाग वर्गाकार र तल्लो भाग रथाकार ढाँचाको छ । समस्तिगत रूपमा यस झ्यालको स्वरूप रथमाथि उदयाएको झ्याल जस्तो देखिन्छ । यस्तै रथाकार ढाँचामा बनाइएको अर्को सूर्य झ्याल पाटन कुम्भेश्वर मन्दिरको मूल प्रवेशद्वार माथि पनि देख्न सकिन्न ।
छ) पासुकाझ्याल
पासुका (पसुका) भनेको देवदेवीको विशेष पूजामा प्रसादको रूपमा लगाउन पंचरंगका पाँचवटा काँचो धागो बाटेर बनाइएको माला हो । यसैको प्रतीकमा बनाइएको झ्याललाई पासुकाझ्याल (पासुका झ्याः) भनिन्छ । यसमा ससाना पाँचवटा झ्यालहरू लहरै जोडेर प्रत्येक झ्यालको बीचमा सानो वाम जस्तो ‘सिलायक बार’ (metal bar) लगाएको हुन्छ । ती सबै झ्यालहरू सानो भए तापनि खोल्न सकिन्छ । झ्यालको भित्री चौकोस कुनैमा वर्गाकार र कुनैमा अर्धगोलाकार छन् । यस्तैगरी कुनैमा तोरणसमेत लगाएको पाइन्छ । पासुकाझ्याल खासगरी पहिलो तल्लामा लगाउने चलन छ । देवदेवीका मन्दिर, यछें (देवघर), आगमघर, विहार, दरवारलगायत तत्कालीन समाजका प्रतिष्ठित व्यक्तिहरूको घरमा यस्तो झ्याल लगाइ राखेको अद्यापि देख्न सकिन्छ । यो झ्याल बहुत कलात्मक ढाँचामा बनाएको हुन्छ । झ्यालको माथिल्लो चौकोसमा अस्थिपञ्जरका टाउको, दन्तकार, राँगोको आँखा, लप्सीको बियाँ, फूल आदि बुट्टाहरू कुँदिएको हुन्छ । बाहिरी चौकोसको दायाँबायाँ पखेटा ढाँचामा सूर्य, चन्द्र, फूल, लहरा, जनावरका आकृतिहरू उत्कीर्ण गरिएको देख्न सकिन्छ । पखेटाको तल्लो भागमा आसन मुद्रामा बसेका देवदेवी मूर्तिहरू हुन्छन् । हिन्दू र बौद्ध दुवै धर्मका आ–आफ्ना वास्तुको पासुकाझ्यालहरूमा सम्बन्धित देवदेवी मर्ति कुँदिएको पाइन्छ । बौद्ध सम्प्रदायमा यस्तो झ्याललाई पंचबुद्धको प्रतीक मान्ने पनि चलन छ (जोशी, २०४६ : ४७) । यस झ्यालका उत्कृष्ट नमुनाहरू भक्तपुरको टौमढीस्थित भैरव मन्दिर र तिमिलाचोक, तचपाल टोलको जगममठ, भक्तपुर दरवारलगायत उपत्यकाका धेरै विहारहरूमा देख्न पाइन्छ ।
ज) बाकु झ्याल
पासुकाझ्यालकै स्वरूपमा तर झ्यालको संख्या पाँचभन्दा कम भएकोलाई वाकु झ्याल भनिन्छ । यस्तो झ्यालको मुख तीन वा एक मात्र हुन्छन् नेवार भाषामा नामकरण भएको ‘बाकु झ्याः’ शब्दले टुक्रिएको झ्याल भन्ने बुझाउँछ। किनभने सो भाषामा ‘बाकु’ भनेको आधा अर्थात् टुक्रा र ‘झ्याः’ भनेको झ्याल हो । पंचमुखे झ्याललाई खण्डित पारेर तीनमुखे वा एकमुखे बनाएको हुँदा त्यसलाई वाक झ्याल भन्ने प्रचलन रहेको हो (जोशी, उही : २५) । यद्यपि यदाकदा यसलाई पनि पासुकाझ्याल भन्ने गरिएको पाइन्छ । यस झ्यालमा पनि पासुकाझ्यासमा जस्तै सानो मुख बीचमा ‘सिलायक बार’ (metal bar), वर्गाकार वा अर्धगोलाकार स्वरूप, बाहिरी चौकोसको दायावाया पखेटा, चौकोसमा देवदेवीका आकृति एवं सवै झ्यालको खापा खोल्न सकिने भएको हुँदा पासुकाझ्याः भन्ने गरिएको हुनसक्दछ । यस्तो झ्याल काठमाडौं हनुमानढोका दरवारको नासलचोक, बसन्तपुरको कविन्द्रपुर, भक्तपुर जंगममठ र तिमिलाओकमा लगाइएको पाइन्छ ।
झ) गःझ्याल
नेवार भाषाको ‘ग’ शब्दले गुड (nest) भन्ने बुझाउँछ । पक्षी वस्त अथवा राख्नको लागि बनाइएको गुड वा खोर नै ‘ग’ हो। उदाहरणको लागि कुखुरा र हाँसको खोर वा परेवाको गुडलाई लिन सकिन्छ । ती खोर वा गुडलाई क्रमशः ‘खाग’, ‘हयुग’ र ‘बसंग’ भनिन्छ । त्यस्तैगरी मन्दिरहरूमा परेवा वस्नको लागि गुडको रूपमा कलात्मक सानो झ्याल राख्ने चलन छ । त्यस्तो झ्याललाई ‘गझ्या’ अर्थात् ग झ्याल भनिन्छ । उपत्यकाका धरैजसो तल्ले अर्थात प्यागोडा शैलीको मन्दिरहरूका गारोमा यस्तो झ्याल देख्न पाइन्छ । यसलाई बन्द झ्याल Blind window पनि भन्ने चलन छ । बाहिरबाट हेर्दा झ्याल जस्तै आकर्षक देखिए तापनि यसलाई मन्दिरको गारोमा टॉसर खोपा जस्तै बनाइएको हुँदा खोल्न मिल्दैन । कुनै गझ्यालको मध्यभाग खाली राखी खोपा जस्तै बनाएको हुन्छ भने कुनै देवदेवीका मूर्ति कुदिएको हुन्छ । धेरैजसो झ्यालको तल र माथि दुवैतिर तोरण अति गरिएको पाइन्छ । माथिको तोरणमा देवदेवीका मूर्ति वा अष्टम चन्द्र र तल्लो तारणमा साधारण फल, देवदेवीका आकृति, षटकोण यन्त्र हुन्छन् । कुनै झ्यालको बाहिरी चौकासमै जोडेर पखेटा राखिएको हुन्छ । यस्तो झ्यालका बाहिरी स्वरूप वर्गाकार, आयताकार र भित्री स्वरूप अर्धगोलाकार हुन्छन् । गझ्यालमा पनि फूल, लहरापात, नाग, खुड्किलो आकारको कोपु, पानीको तरङ्ग, नागवेली, घण्टाकार, दन्ताकार यन्त्राकार आदि बट्टाहरू उत्कीर्ण गर्ने चलन छ । मन्दिरको स्वरूप अनुसार यस्तो झ्यालहरू पहिलो तल्ला र सो भन्दा माथि राख्ने गरेको पाइन्छ । अर्कोतिर झ्यालमा प्रयुक्त बुट्टाको आधारमा यसलाई याकुझ्या याझ्या देगझ्या, वाणिझ्याः, वसुंझ्या, चझ्या आदि भन्ने पनि चलन छ (कोल्भर र श्रेष्ठाचार्य १९८७ : २१८–२१९) । गःझ्याल राखिएका मन्दिरहरूको नाम उल्लेख गर्नुपर्दा भक्तपुरको न्यातपोल मन्दिर, नारायण मन्दिर द्वारिका मन्दिर, नवदर्गा च जे तिमिलाचोक, हरिशंकर मन्दिर र चतुर्वर्ण महाविहार तथा पाटनको नारायण मन्दिर आदिलाई उल्लेख गर्न सकिन्छ ।
(ञ) देस्यमदु झ्याल
काठमाडौं उपत्यकाका बहुचर्चित ऐतिहासिक काष्ठझ्यालहरूको गणनामा देस्यमदु झ्याल (देस्यमदु झ्याः) को नाम अग्रस्थानमा आउँछ । यसको नाम नेवार भाषाबाट राखिएको हो । यस भाषामा ‘देस्य’ भन्नाले देशभर र ‘मदु’ भन्नाले नभएको भन्ने बुझाउँछ । उल्लेखित झ्याल देशभर अन्त कतै नभएको दुर्लभ हुँदा ‘देस्यमद् झ्या’ भनिएको हो । नेपालमा यस्तो झ्याल केवल दुईवटा मात्र प्राप्त भएका छन् । त्यसमध्ये एउटा काठमाडौं नगरभित्र नरदेवी (यटखा) र अर्को पाटन गाबहाल टोलमा छन् । नरदेवीको झ्याल ठूलो आयताकार स्वरूपमा दायांबाया अनुपात मिलेका १० १० वटा स्तम्भयुक्त चौकोस र तल ८ माथि कोताल राखी त्यसलाई बाहिरदेखि भित्रसम्म तहतह गरी क्रमश सानी बनाउँदै भित्र रहेको अन्तिम चौकोसमा झ्याल जोडिएको हुन्छ । सो झ्याललाई साधारण आँखीझ्याल जस्तो बनाएको हुन्छ । यसका सबै चौकासहरूमा कलशाकार टीमा कलश, दन्त, अण्डा, डोरी बाटेको पानीको तर, योक्का पुच्छर, कमलको पात, लप्सीको वियाँ आदि कलात्मक बुट्टाहरू कुँदिएको छ । बाहिरी चौकोसको दायांबाया लाम्चो आकारमा बाकस जस्तो बनाइ अस्ती झ्यालको पृष्ठभूमिमा ड्रागन बुट्टा देख्न सकिन्छ । झ्यालको सबैभन्दा माथि गजरसहित तोरण र तोरणको दायाँबायाँ अर्धनग्न दुई परी नारी मूर्ति) हरू रहेका छन् । यस झ्यालको स्वरूप अन्य झ्यालहरूभन्दा धेरै फरक देखिन्छ ।
पाटन गाःबहालको देस्यमद् झ्यालको स्वरूप लाम्बो आकारमा पखेटायुक्त भएको हुँदा काठमाडौ नरदेवीको भन्दा भिन्न देखिन्छ । यसमा झ्यालको जति लम्बाई हो त्यति नै लामो सॉप स्वरूपमा पखेटा जडान गरिएको छ । अर्कोतिर झ्यालको तोरण त्रिकोणात्मक र श्रीपेच ढाँचाको छ । त्रिकोणात्मक तोरणको मुन्तिर अंग्रेजीको V जस्तो देखिने बुट्टा रहेको छ । एवंप्रकार त्रिकोणको बीचमा अण्डाकार को एउटा डल्लो पनि झुण्ड्याइएको छ । त्यस्तैगरी झ्यालको मूल स्वरूप क्रश (+) ढाँचाका सिक्री बुट्टालाई सूर्यको किरणजस्तै जस्तै फिजाइएको छ। यद्यपि यस झ्यालको चौकोस साधारण किसिमको देखिन्छ । त्यसको दायाँबायाँ एक एकवटा स्तम्भ र स्तम्भ माथिको कोण गोलाकार गांठीबुट्टा अडित छ । त्यसकारण टाढाबाट हेदा श्रीपेच लगाएको झ्याल जस्तो देखिन्छ ।
ट) गोल झ्याल
गोलो वृत्ताकार झ्याललाई ‘गो झ्याः’ अर्थात् गोल झ्याल भनिएको हो । गोलोलाई नेवार भाषामा ‘गो’ भनिन्छ । यस्तो झ्याल भक्तपुर सुकुलढोकामठ र हनुमानढोका दरवारको नासलचोकमा छन् । भक्तपुरको झ्यालमा दुईवटा गोलो वृत्तहरू कुँदिएको छ । पहिलो वृत्तको बीचमा फूलबुट्टाका आँखीझ्याल र पहिलो तथा दोस्रो बृत्तको वीचमा ससाना वर्गाकार र कोणात्मक आँखीझ्याल बुट्टाहरू छन् । वृत्त वाहिरको पृष्ठभूमिमा फूल र लहरापातका बुट्टाहरू छन् । झ्यालको भित्री बाहिरी चौकोस दुवै कलशाकार ढाँचामा तीनवटा कलात्मक स्तम्भहरू छन् । त्यस्तैगरी माथिका कोतालमा तहयुक्त खुडकिलो ढाँचाका बुट्टा तथा अस्थिपञ्जरका टाउकाहरू लहरै देख्न सकिन्छ । चौकोसको तलतिर बीचमा फूल र दायाँबायाँ जनावर आकृतिका बुट्टाहरू छन् ।
हनुमानढोका दरवारको नासलचोकस्थित गोल झ्याल निकै कलात्मक र आकर्षक छ । यो झ्याल गोलो भुमरीभित्रको गहिराईमा अड्काइ राखेको जस्तो देखिन्छ । झ्यालको तल र माथिको चौकोस आयाताकार स्वरूपमा छन् । झ्यालको भित्री गहिराइमा गोलो वृत्ताकारमा फूलबुट्टायुक्त आँखीझ्याल छ । त्यस वृत्तको बाहिर डोरी बाटेको बुट्टामा अर्को वृत्त छ । त्यसैमा अर्को दुईवटा कलात्मक वृत्तहरू पनि छन् । यसरी चार तहको वृत्तभित्र मलेग्वा ढाँचाका आँखीझ्याल जडान गरिएको छ । वृत्त बाहिरको पृष्ठभूमिमा फूलबुट्टा र लहरापातहरू अङ्कित छन् । एवंप्रकार गोलो वृत्तयुक्त चौकोसमा विभिन्न बुट्टाहरू कुँदिएका तीनवटा कलशाकार स्तम्भहरू ठड्याइएको छ । बाहिरी चौकोस र स्तम्भको बीचमा डिष्टी (Disti) ढाँचाका आँखीझ्याल बुट्टाहरू छन् । स्तम्भको तल्लो भागमा दायाँबायाँ फर्केर उभिएका दुईवटा कुकुरका आकृति देख्न सकिन्छ । झ्यालको माथिल्लो कोताल खुडकिलो ढाँचामा, अस्थिपञ्जर, दन्ताकार, अण्डाकार, फूलका लहरापातहरू आदि कलाकृति कुदिएको छ । तल्लो र माथिल्लो कोतालमा क्रमशः उडिरहेको गरुड र आसन मुद्रामा देव आकृति अङ्कित छन् ।
ठ) कमल झ्याल
बीचमा कमलको फूल कुँदिएको झ्याललाई कमल झ्याल भनिएको हो । यसको मौलिक नाम ‘पलय्स्वाँ झ्याः’ हो । स्थानीय नेवार भाषामा कमलको फूललाई ‘पलय्स्वाँ’ भनिन्छ । यद्यपि झ्यालको स्वरूप भने झण्डै सूर्यझ्याल जस्तै देखिन्छ । झ्यालमा कुँदिएको फूलको चारैतिर सूर्यको किरण– फैलिएको जस्तो देखिने गरी बुट्टाहरू कुँदिएको हुनाले कमलको झ्याल पनि सूर्यझ्याल जस्तो देखिएको हो । त्यस्तो झ्याल पाटन दरवारको सुन्दरीचोक र भक्तपुरको पुजारीमठमा छन् । ललितपुरको झ्यालमा तीनतहको वर्गाकार चौकोसभित्र गोलो वृत्तको बीचमा कमलको फूल रहेको छ । ती चौकोस कलशाकार ढाँचाका विभिन्न बुट्टायुक्त स्तम्भको रूपमा रहेको छ । स्तम्भको तल दायाँबायाँ दुई शार्दुल कुँदिएको छ । बाहिरी चौकोस आयताकार र त्यसको माथिल्लो कोतालमा दन्ताकार, बीयाँ आकार, फूलका लहरा, गोलाकार ढाँचाका फूलबुट्टाहरू छन् ।
भक्तपुर पुजारीमठस्थित कमल झ्यालमा दुई तहका गोलो वृत्तभित्र बीचमा कमलको फूल छ । बृत्तबाहिरको पृष्ठभूमिमा लहरापातहरू छन् । भित्री चौकोस वर्गाकार र दायाँबायाँ स्तम्भयुक्त छन् । चौकोसको माथिल्लो कोताल अस्थिपञ्जरका टाउकाहरू, दन्ताकार, अण्डाकार, खुड्किलो आकार, कमलको पात, फूलबुट्टा आदिद्वारा सजाइएको छ ।
(ड) कुँ झ्याल
दुईतिरका गारो जोडिएको घरको बोसोमा जडान गरिएको झ्याललाई ‘झ्याः’ अर्थात् झ्याल भनिन्छ । नेवार भाषाको ‘कु’ शब्द ले चोसो परेको कुना भन्ने बुझाउँछ । कुनाको दुईतिर मुख भएको झ्याल हुँदा झ्याल भनिएको हो । यस्तो झ्याल पाटन दरबार र भक्तपुरको भोलाछेँ टोलमा देख्न सकिन्छ । पाटन दरबारको माथिल्लो तल्लामा रहेको कुंझ्याल अतिकलात्मक छ । यसका दायाँ तीनवटा र बायाँ तीनवटा जोडिएको कोणात्मक झ्यालहरू दुई दिशातिर फर्केको छ । विमान शैलीमा निर्माण भएको यस झ्यालको माथिल्लो स्वरूप अर्धगोलाकार र तल्लो भाग वर्गाकार छ । तल्लो भाग आँखीझ्याल बट्टाको पृष्ठभूमिमा दायाँबायाँ उडिरहेका नागहरू छन् । त्यसभन्दा मुनि तहतह पारी दन्ताकार, अण्डाकार, गोलाकार घण्टाकार, फूल आदि बुट्टाहरू कुँदिएको छ । झ्यालको भार थाम्नको लागि दलिनको केही भाग बाहिर निकाली त्यसैमा झ्याल जोडिएको छ । झ्यालको माथिल्लो भागमा लिब्बा, दन्ताकार, अण्डाकार, खुडकिलो, पिपलका पात आदि बट्टाहरू देख्न सकिन्छ । यस्तैगरी झ्यालको माथि झिंगटीको छाना हुन्छ । छानाको भार थाम्नको लागि दाया ४ वटा र बायाँ ४ वटा कलात्मक टुँडालहरू पनि जोडिएको छ । एवंप्रकार झ्यालका बाहिरी चौकोसहरू कलशाकार बहामा स्तम्भयुक्त छ ।
भक्तपुरको कुँझ्याल उत्तर र पूर्व दुईतिर फर्काएर दोस्रो तल्लामा कोणात्मक गाःझ्याल ढाँचामा जडान गरिएको छ । यसको चर्चा यथास्थानमा गरिने छ ।
ढ) विधि झ्याल
मन्दिरको सबैभन्दा माथि छानाको भार थाम्नको लागी ठड्याइएको टुँडालहरूमा नै जोडेर आँखीझ्याल खुट्टामा जालीदार पर्दायुक्त ढाँचाको झ्याललाई विधि झ्याल भनिन्छ ( जोशी २०४६ ः २६) यस्तो झ्याल उपत्यकाका धेरैजसो मन्दिरहरूमा देख्न पाइन्छ । काठमाडौं पशुपति मन्दिर, बसन्तपुर नौतल्ल दरबार, पाटन हजार भगवती मन्दिर, भक्तपुरको भैरवमन्दिर, दत्तात्रयमन्दिर आदिमा भएका विधिझ्यालहरू यहाँ उल्लेखनीय छन् । मन्दिरको स्वरूपसार परत न्याल चार दिशामा वा आवश्यकता अनुसारको कनै दिशामा मात्रै पनि रेडा जस्तो राख्ने चलन छ । झ्यालका भित्री स्वरूप भने गाझ्याल जस्तै हुन्छ । छानाको भार थाम्न राखिएका टुँडालहरुलाई नै झ्यालको चौकोस बनाइएको हुन्छ । यस्तो झ्यालहरूमा भित्र कुनै गारो लगाएको हुँदैन । त्यसको बदला थामहरू हुन्छन् । विधि झ्याल भएका मन्दिरहरूका तल्लाको भित्र भाग प्रायः खुल्ला राखिएको हुन्छ ।
(ण) रथ झ्याल
झ्यालको बीचमा कलात्मक रथ कुदिएको झ्याललाई रथ झ्याल भनिन्छ । भक्तपुरमा रहेको रथझ्यालमा स्थानीय विस्केटजात्रासित सम्बन्धित भैरवको रथ उत्कीर्ण गरिएको छ । सो जात्रामा भैरवलाई आरोहण गराइने रथलाई ‘भैलख’ भनिन्छ । त्यसकारण सो रथ उत्कीर्ण गरिएको झ्याललाई ‘भैलख झ्या’ भनिएको हो । अरू झ्यावहरू के यसको बाहिरी स्वरूप पनि आयताकार र भित्री चौकोस वर्गाकार छ । झ्यालको भित्री र बाहिरी श्रीकोसमा तहगत तीनवटा कलात्मक स्तम्भहरू छन् । प्रत्येक स्तम्भमा अष्टमंडल, पूर्णकलश, कमलको पात दुईतहको कमलको पीठ, अण्डाकार, दन्ताकार, फूल, लहरापान आदि बट्टाहरू कुँदिएको छ । स्तम्भको तल्लो भागमा संगीत र नृत्य मुद्रामा संलग्न आठ मानवाकृतीहरू छन् । यस झ्यालको बीच पृष्ठभूमि आँखीझ्याल बुट्टामा रहेको छ । खीझ्यालको बीच भागमा गजुरसहित तल्लेशैली मन्दिरको स्वरूपमा तीन तहको छाना भएको ठूलो रथ कुदिएको छ । प्रत्येक छानाको मनि ठूलठूला खम्बाहरू र रथाकार ढाँचाका विविध बुट्टाहरू रहेका छन्। एवंप्रकार अञ्जली मद्रामा चार हातयुक्त देवी र दायांबायाँ रक्षकलाई रथको पहिलो तल्लाको बीच भागमा देख्न सकिन्छ । रथको सबैभन्दा तल फलवायुक्त गोलाकार दुईवटा पाङ्गाहरू छन् । अग्रभागमा बेताल स्वरूपका लामो बेत्बासी र त्यसमाथि रथ तान्नको निमित्त हात हल्लाई प्रेरणा दिई रहेका मानव आकृति कुदिएको छ । रथको अगाडि पछाडि बल लगाएर डोरी तानी राखेका चार–चार वटा मानव आकृतिहरू छन् । त्यसकारण यस झ्याललाई स्थानीयवासीहरू ‘भैलख झ्याः’ भन्ने गर्छन् ।
यस प्रकार काठमाडौँ उपत्यकाको विभिन्न ठाउँका वास्तुहरूमा विविध ढाँचाका थुप्रै कलात्मक काष्ठ झ्यालहरू छन् । ती झ्यालका कवलहरूको संख्या जोडा हुन्छन् । जडान भएका झ्यालहरु एकै ठाउँमा ५५ वटा सम्म रहेका छन् । वास्तुविधामा झ्यालको विशेष महत्व छ । हावा प्रकाश र घामको निमित्त झ्यालको नितान्त आवश्यक छ । मानिसहरूले घरभित्र वसेर बाहिरी ज्ञान झ्यालकै माध्यमबाट प्राप्त गर्छन् । प्रकृतिको दृष्यावलोकनसमेत झ्यालबाटै हुन्छ । त्यतिमात्र होइन, यसलाई आर्थिक समृद्धिताको प्रतिरूप पनि मानिन्छ । कुनै पनि वास्तुमा झ्याल लगाउँदा शास्त्रीय मान्यतालाई अवलम्बन गर्नपर्ने प्रावधान छ । हिन्दू परम्पराअनुसार पूर्व दिशामा धेरै झ्याल रहनाले स्वास्थ्य लाभ, उत्तर दिशाको झ्यालबाट पर्याप्त धन लाभ, पश्चिममा धेरै झ्याल रहनाले सामान्य फल प्राप्ति र दक्षिणका झ्यालहरूबाट हानीकारक हुने वास्तुविधान छ (सरस्वती, प्रकाशन साल छैन ः ८२) । बौद्धधर्मका अनुयायीहरूले झ्याललाई आफ्नो धर्म दर्शनको प्रतिकात्मक मान्ने गर्छन् । यस सम्प्रदायमा तीनमुखे झ्याललाई शुन्यता, मित्रता र अप्रणिहितता नामक तीन समाधिको प्रतिरूप, पांचमुखे झ्याललाई दिव्यचक्षु, प्रज्ञाचक्षु, धर्मचक्षु, ज्ञानचक्षु र समाधि चक्षुको प्रतिरूप तथा सातमुखे झ्याललाई स्मृति, धर्मविचय, विर्य, प्रिती, प्रश्रधि समाधि र उपेक्षा यी सात बोध्यङ्गको प्रतिरूप मानिन्छ (वज्राचार्य, प्रकाशन साल छैन ः २५७) ।
काठमाडौँ उपत्यकामा विद्यमान ऐतिहासिक वास्तु निर्माण परम्पराको अध्ययनबाट झ्यालहरूको जडान आफ्नै तरिकाबाट गर्ने परम्परा विकास भएको देखिन्छ । कुनैपनि वास्तुको निर्माण गर्दा भूइँतल्ला र त्यसको माथि अर्थात् पहिलो तल्लामा आँखीझ्याल, दोस्रो र तेस्रो तल्लामा स झ्याल वा गाझ्याल र सबैभन्दा माथिको (चौथो र पाँचौँ) तल्लामा विमान झ्याल राख्ने प्रचलन रहेको बुझिन्छ ।