घिंतांघिसी नाच
यस नाचको प्रारम्भ श्रावण शुल्क पूर्णिमाका दिन ख्वपलायकू इलाकाभित्र रहेको ‘सापारुछें’ बाट ‘ताहामचा’ भनिने गणनाच बाट आरम्भ हुन्छ । भाद्रकृष्ण प्रतिपदाका दिन मूलनाचका रुपमा घिंतांघिसी नाचको प्रारम्भ गाईजात्रा संगसंगै हुन्छ । अनि बेलुकीपख परालको भैरव जात्रा संगसंगै समाप्त हुन्छ । यसरी गाईजात्राको दिन प्रारम्भ भएको घिंतांघिसी सोही नाचको अभिन्न अंगका रुपमा आठ दिन सम्मान नगरका विभिन्न टोल चोक डवलि आदिमा विभिन्न हास्य व्यङ्ग, नाचगान (लाखे प्याखं, नागाचा प्याखं, लुसि प्याखं, कवांचा प्याखं आदि) गरी भाद्रकृष्ण अष्टमी अर्थात् कृष्णाष्टमीका दिन विसर्जन गर्ने चलन छ । ती नाचगान आदिमा विभिन्न वस्त्रभूषण अलंकार आदि पनि सांस्कृतिक रुपमै प्रदर्शित भएका हुन्छन् ।
खः प्याखं
वर्तमान परिप्रेक्षमा खः प्याखं चरणवद्ध रुपमा प्रस्तुत परिने रङ्गमञ्चीय नाटकका रुपमा मान्न सकिन्छ । मूल नगरवस्तीको मूल डवलिहरुमा देखाउनु पर्ने परम्परा रहेको यी ‘खः प्याखं’ ४ वर्षको एकपल्ट प्रदर्शित गर्नुपर्ने चलन छ । यस्ता खः प्याखँहरुमा देखापर्ने मूल विशेषता तत्कालीन धार्मिक ऐतिहासिक व्यक्तित्व एवं धिरोदात्त व्यक्तित्वहरुका जीवनी पराक्रम आदि विषयमा आधारित कथानकहरु दृश्यात्मक रुपले प्रस्तुत गरिएका हुन्छन् । कोलासुर वधोपाख्यान’, ‘मधुमालती’ ‘मधुकरोपाख्यान’ ‘शिवकृष्ण- द्वन्दोपाख्यान’ आदि अनेक शिर्षकका खः प्याखंहरु प्रचलित रहेको जानिन्छ । पात्रहरुको चयन गर्दा देवदेवीका भूमिका ब्राम्हणले गर्ने (राजोपाध्याय) राजा राजपरिवारको भूमिका- ‘मल्ल’, ‘प्रधानाङ्ग’ आदि थर भएका क्षेत्रिहरुले गर्ने र यसका अतिरिक्त अन्य भूमिका सर्वसाधारणलाई गराउने परम्परालाई यस नाचको वैशिष्टय मान्न सकिन्छ । दुःखको कुरो छ आजभोली यस्ता महत्वपूणर् भूमिका निर्वाह गर्ने परम्परा पुरै विलुप्त हुन पुगेको छ ।
सांस्कृतिक नाचगान
नेवार सांस्कृतिक जीवन धर्मबाट अत्यधिक प्रभावित रहँदै आएको यसै प्रसङ्गमा, सन्र्दभमा मनोरञ्जन मात्र गर्दा पनि देवदेवीका लीला, कथा, आदिलाई आधार बनाई ‘नाच’ का रुपमा ‘भजन’ रुपमा प्रस्तुत गर्ने चलन पनि छ अनिवार्य रुपले वा निश्चित तिथि मितिमा नभई इच्छित जुनसुकै बेला पनि प्रदर्शन गर्न सकिने नाचगान सांस्कृतिक नाचगानका रुपमा पनि मान्न सकिन्छ । (तापनि जनै पूणर्िमा पछिका ८ दिनहरुमा (यंयापुन्हीताका) यस्ता नाचहरुको प्रदर्शन गर्ने चलन छ ) वर्तमानमा पनि प्रचलित रहँदै आएका केही यस्ता नाचगानहरु निम्न लिखित छन् ।
देवीनाच
यसनाचमा ‘देवी’ प्रधान भूमिका हुन्छ । महाकाली, महालक्ष्मी र कुमारी मूल भूमिकामा र बेताल कवान्चा ख्याक आदि सहायक भूमिकाका रुपमा रहेका हुन्छन् । यो नाच दुर्गासप्तशतिमा आधारित महिषासुर बधको कथामा आधारित छ । तर, चण्डिमा महाकाली, महालक्ष्मी र महासरस्वतीको वणर्न भएतापनि यस नाचमा महाकाली, महालक्ष्मी, कुमारी नाम स्वरुप नै प्रमुख रुपमा देखा पर्छन् ।
टेकाइ पशुभावले त्यसलाई पूजा गरी बलि दिइन्छ । यसको अभिप्राय समस्त मानवजातिका भाई गर्न त्यसको बलि दिइ यसप्रकारको विधि चाइन्छ । यसरी हेर्दा सामान्य केटाकेटीको खेल झैं लाग्ने यस्ता पूजाकर्ममा निहित तान्त्रिक भाव एवं दार्शनिकताको गुढ रहस्य महत्व विशाल रहेको बुझिन्छ । यस्तो हुँदा यस्ता तान्त्रिक विधि कर्मगर्ने क्रममा पनि बाजागाजा बजाएरै जाने चलन छ ।
तत्कालीन समयमा (पूर्वमध्यकाल-पछिल्लो मल्लकाल सम्मन) जनसंख्याको अनुपातमा उत्पादन बुद्धि प्रशस्त हुँदा खाद्यान्न सदुपयोग गर्न पनि अनेक प्रयोगात्मक चाडपर्वहरु आविर्भाव हुँदै गएको देखिन्छ । शाक्त तान्त्रिक मतको प्रवल लोकप्रियताका कारण विक्रमको तेह्रौ शताब्दी सम्मनमा अमूर्त प्रस्तरका अष्टमातृका, नवदुर्गा स्थापित हुन पुगे । सोह्रौं शताब्दी सम्मन्मा तान्त्रिक मतकै लोकप्रियता एवं प्रयोगात्मक प्रवाहका कारण ती जिवित देवताका रुपमा मात्र लोकप्रिय रहेनन; अनेक तान्त्रिक नाचका रुपमा पनि (संयुक्त वा पृथक रुपमा) देखा परे । उदाहरणका रुपमा नवदुर्गा नाच (संयुक्त रुपमा महाकाली नाच, देवी नाच, कवांचा प्याख आदि) लिन सकिन्छ । त्यस्तै ‘नायिका प्रधान’ यी नाचहरुका साथ साथै तीनका सहायक शक्ति रुपका नाच पनि लोकप्रिय हुँदै आएको पाइन्छ, उदाहरणका रुपमा ‘भैल प्याखं’, ‘लाखे प्याखं माक प्याखं’ ‘नटवाचा प्यांख’ आदिलाई लिन सकिन्छ ।
उक्त परिप्रेक्षमा इतिहासको कालप्रवाहमा अनेक नाचगान आरम्भ हुँदै विभिन्न सामाजिक सांस्कृतिक उत्सव आदिताका सार्वजनिक प्रदर्शन गर्न लगाई धार्मिक सांस्कृतिक दृष्टिले मात्र नभएर मनोरञ्जनका पनि लोकप्रिय माध्यमका रुपमा देखा पर्दै मल्लकालको अन्तिम चरणसम्म आइपुग्दा अनेक नामका अनेक नाचगानहरु लोकजीवनका निक्कै नै लोकप्रिय रहेको बुझिन्छ ।
यसप्रकार उक्त सन्दर्भमा पुरै नगरबस्ती ‘नाचगानमय’ रहेको ज्ञात हुन आएको परिप्रेक्षमा वार्षिक क्रिया-विधि (कर्म) आदि चलाई निश्चित महिना, तिथिमा गर्नुपर्ने वा प्रदर्शन गर्नुपर्ने विशेषताका आधारमा नाचगानलाई मुख्यतया २ भागमा विभक्त गर्न सकिन्छ ।
(क) धार्मिक सांस्कृतिक नाचगान
(ख) सांस्कृतिक नाचगान ।
धार्मिक सांस्कृतिक नाचगान ः यसप्रकारका नाचगानले लोकजीवनमा प्रमुख चाडपर्वको रुपमा पनि स्थान पाउदै आएको दृष्टिगत् हुन्छ । यी नाचगान निश्चित तिथिमा वार्षिक रुपमा चलाइन्छ । यस्ता नाचगानका आफ्नै निश्चित-विशिष्ट देवदेवी पनि हुन्छन् जस्तै
(क) नवदुर्गा नाच
(ख) चिंतांघिसी नाच
(ग) प्याखं
नवदुर्गानाच
यो नाच श्रावण कृष्ण चतुर्दशी (गाठामुग चह्रे) का दिन प्रारम्भ भै मूल नगर वस्ती भित्रका २१ टोल (२४ टोलको अवधारणामा ) र नगर वाहिर वा यस नवदुर्गा अधिनस्थ प्रदेश वा इलाकाहरुमा (देउपाटन, टोखा, टुप्या, गोकणर्, खड़पु, बनेपा, पनौति, धुलिखेल, नाला आदि) लगि विधिविधान सहित नाचगान प्रस्तुत गरी । यस नाचगानको मूल कथानक – महिषासुर राक्षसलाई देवी नवदुर्गा भवानीले वध गरेको कथानकमा आधारित छ) अन्तमा भलभल अष्टमी वा दिन (श्रावण कृष्ण अष्टमी) समाप्त हुन्छ ।
यो नाच केवल सांस्कृतिक मनोरञ्जनसितमात्र सिमित नरहेर समाजमा जन्म देखि मृत्यु सम्मनका यावत मूल संस्कारहरुलाई पनि जीवन्त रुपमा र प्रतिक अर्थमा दर्शाउदै आइरहेको छ ।
विक्रमको तेह्रौ शताब्दीदेखि सोह्रौ शताब्दीसम्मन भक्तपुर समग्र नेपाल मण्डलकै राजधानी नगरको रुपमा रहँदै आएको परिप्रेक्षमा यो नगर केवल राजनैतिक प्रशासनिक दृष्टिले मात्र नभएर धार्मिक सांस्कृतिक दृष्टिले पनि मूल थलोकै रुपमा रहदै आयो । सोह्रौँ शताब्दीदेखि (यक्ष मल्लको समयदेखि रणजित मल्लको पालासम्मन्) १९ औं शताब्दीको प्रथम चरण सम्मन यो विखण्डित सानो राज्यको राजधानीनगरको रुपमा देखा परेता पनि समग्र नेवार मल्लहरुको मूल राजकीय बासस्थान मूल देवदेवी पनि (मानेश्वरी, तलेजु दुमाजु नवदुर्गा, भैरव बेताल आदि) यसै नगरमा रहेको परिप्रेक्षमा राजनैतिक प्रशासनिक महत्व संकुचित रहन पुगे तापनि सांस्कृतिक मूल थलोको रुपमा यसको स्वरुपमा विशेष अन्तर आएन । गोर्खालीहरुले भक्तपुर पनि जितेपछि यसको राजनैतिक अस्तित्व एवं प्रभुत्वं विलुप्त भइ एक सानो जिल्लाको रुपमा वर्तमान समय सम्मन पनि रहँदै आए तापनि प्रत्यक्ष या प्रकारान्तरमा परम्परागतरुपमै पनि सांस्कृतिक राजधानी नगर वा मूल थलोको रुपमा रहँदै आइरहेका कुरा अहिले सम्मन् पनि प्रचलित जात्रा, चाडपर्व, नाचगान, विधि विधान (विधि कर्म) आदि जीवन्त प्रमाणहरुका आधारमा थाहा पाइन्छ ।
तत्कालीन समयमा कान्तिपुर ललितपुरका राजाहरुले विशेष उत्सव, चाडपर्वताका यहाँका मूलदेवदेवीलाई राजकीय पूजाभाग पठाउने चलनले पनि भक्तपुर सांकृतिक मूल थलो हो भन्ने कुराको प्राणणिक पुष्टि मिल्छ । प्रतापमल्लको समयतिर लेखिएको ‘वर्षकृत्ति’ व्यासफू उदाहरणका रुपमा लिन सकिन्छ । त्यस्तै तान्त्रिक विधिपूर्वक राजकीय खड्ग लिइ ललितपुर नगएसम्मन् बुङमतिको मछिन्द्रनाथको जात्रा चल्दैन । यी आदि प्रमाणहरुले पनि उक्त कुराको पुष्टि मिल्छ ।
जात्रा, चाडपर्व, नाचगान, पूजा कर्म, बाजागाजा पहिरन आदि एक अर्काका अभिन्न अंगकारुपमा देखापर्दछ । विस्केट जात्रा, होस् अथवा गाईजात्रा, नवदुर्गा नाच होस्, अथवा स्थानदेवताको पूजा कर्म गर्न जाने (विध कर्म) आदि जुनसुकै ठूला साना उत्सव पर्व आदिका बेला विशेषरुपका बाजागाजा, नाचगान, भेष-भूषा आदिको प्रयोग परम्परागत उपयुक्त रुपमा हुँदै आएको देख्न सकिन्छ ।
तन्त्रप्रधान धर्म (मिश्रित रुपको) बाट प्रभावित रहँदै आएको नेवार संस्कृतिको मूल आधार तान्त्रिक देवदेवी पनि हुन् । यस अर्थमा चाडपर्व एवं नाचगान, आदि मूल केन्द्रविन्दु पनि सम्बद्ध देवदेवी नै रहँदै आएको दृष्टिगत हुन्छ । उदाहरणका लागि विस्केटजात्रा, गाईजात्रा, नवदुर्गानाच आदिलाई लिन सकिन्छ । विस्केट जात्रामा, पूजारी वर्गले विशेष पहिरन अंलकार पहिरेका हुन्छन् । विधि कर्म पनि सोही अनुसार चलाइन्छ । जात्राताका प्रत्यक टोल एवं सम्वद्ध प्रदेशबाट बाजागाजा बजाएर आउँछन् । सम्बद्ध भजनहरु (त्यस्तै सम्बद्ध देवदेवीका ध चा भजन, दाफा भजन, रासभजन, नौबाजा, (नौप्रकारका बाजा) आदि पनि उदाहरणका रुपमा देखापर्दछन्) सम्बद्ध समूह – समूहले गाउँछन् । त्यस्तै गाईजात्रा पनि एक प्रमुख चाडपर्वको रुपमा मात्र सिमित नरहेर सो जात्राको अर्को महत्वपूणर् पक्ष घिंतांघिसी नाच हो । सो जात्रा एवं नाचताका विशेष प्रकारका पहिरन अलंकार पहिरेका हुन्छन् ।
त्यस्तै कुनै एक सम्बद्ध देवदेवीको सम्बद्ध गुठीले स्थान गणेश वा देवस्थलमा बलिकै रुपमा कुखुरा वा फुल वा मूला आदि सहित लिएर पूजाकर्म गर्न जाने क्रममा पनि टोल बस्तीनै घन्कने गरी ‘खिं बाजा’ वा ‘धिमे बाजा’ ’कास बाजा बजाइ जाने चलन छ । बाटो बाटोमै नाच्दै जाने चलन पनि देखापर्छ । त्यस्तै महाकाली पीठमा सम्बध्द गुठीले वार्षिक कृत्यका रुपमा- ‘लै-चह्रेका दिन, लैंचह्रे पूजा गर्दा विधिवत पात सहितको एउटा मूलालाई चार खुट्टा महासरस्वतीको स्थानमा कुमारी प्रस्तुत गरी सबै देवीहरु कुमारी नै हुन् भन्ने नवकुमारीको दार्शनिक प्रतिकात्मक भाव दर्शाउन खोजिएको बुझिन्छ । (यस्ता नाचमा सम्बद्ध देवीका २ श्लोक वाचन गरी (मंगलाचरण) नाच प्रारम्भ गर्ने अद्यावधि प्रचलित रहेको पाइन्छ )
भैल प्याखं
तान्त्रिक परम्परामा अनेक नामका भैरवहरु प्रचलनमा आए तापनि भक्तपुरमा विशेष गरी तीन मुख्य भैरवहरु कालभैरव, श्वेतभैरव र आकाशभैरव लोकप्रिय रहदै आएको परिप्रेक्षमा यो भैलप्याखं तीनै भैरवका अनेक तान्त्रिक स्वरुप आएता पनि भाव एवं चरित्रका आधारमा प्रचलित रहेको जानिन्छ । भैरवका साथमा बेताल एवं सम्बद्ध अन्य गणहरु पनि रहेका हुन्छन् । यस नाचमा भैरव, महाकाली, वाराही, ब्रम्हायणी, कुमारी, प्रमुख देवता का रुपमा हुन्छन् । बेताल-३ जना र ख्याक -२ जना, कवां-२, जंगली २ जना हुन्छन् । जनावरहरुमा सिंह -१, शेर -१, कुकुर -२, आदि छन् ।
नागांचा प्याखं
यस नाचमा राधा र कृष्ण बीचका प्रेम प्रसङ्ग वन विहार आदि विषयका चित्रण एवं नृत्य प्रस्तुत गर्ने चलन छ । राधा कृष्णका भूमिका प्रायः बच्चाहरुलाई गराउने चलन छ ।
महाद्यो पार्वती प्याखं
यो नाच लोकजीवनमा ‘बूढा नागा प्याखं’ नामले पनि लोकप्रिय छ । यसमा महादेव पार्वतीको भूमिकालाई ताण्डव नृत्यको सुरतालमा प्रस्तुत गरिन्छ ।
हनुमान् प्याखं
हनूमान् नामले नै राजभक्त हुँदा उनका भक्तिलीलामा लीन भई गरिने नृत्य यसको मूल चरित्र हो । भक्तपुरको सन्दर्भमा हनूमानलाई पनि हनू भैरव र हनू रुद्र का रुपमा पनि लोकजीवनले मान्दै आएको हुँदा यो नाच तन्त्रबाट प्रभावित रहेको जानिन्छ । यस नाचमा मुख्य रुपले हनूमान २ जना रहन्छन् ।
नटुवाचा प्याखं
यो नाच भगवान कृष्णको रासलीला कथानकमा आधारित छ । जसमा कृष्ण १ र राधा सहित अन्य गोपिनीहरुको संख्या निश्चित नभै जति बढाए पनि हुने गरी सामान्यतया ५/८ जनासम्म पनि हुन्छन् । कृष्णलाई धेरै जनाको रुपमा मोह गर्ने अभिप्रायको अन्तर्भावलाई पनि प्रस्तुत गरी प्रत्येक गोपिनीहरुले आफूसगै एक-एक कृष्ण देख्ने रासलीलाको भावलाई प्रस्तुत गर्ने प्रयास यस नाचको मूल विशेषताका रुपमा देखापर्छ ।
लाखे प्याखं
यो लाखे प्याखं अष्टभैरवका विभिन्न चरित्रहरु मध्यमा कुनै पनि चरित्रमा प्रस्तुत गरिन्छ । जुन नाचमा लाखे एवं जनामात्र नाच्ने चलन छ । प्रायः यो नाच ‘वीर भाव’ मा प्रस्तुत गरिन्छ । लाखेको मुकुण्डो- ‘ख्वापा’ कतै रातो क सेतो कतै सुनको र कतै रजतको भएबाट पनि भैरवका विभिन्न चरित्र विभिन्न भावमा प्रस्तुत हुने कुरा बुझिन्छ ।
फाकंदली प्याखं
“ए वाने मानि तापालय्स । वेदा विय दिसं ॥”
यस नाचको उक्त धुनमा (मारसि धुन) सो गीत गाउँदै नाच्दै गोलाकार रुपमा घुम्दै कहिले अघि बढ्दै कहिले पछाडि हट्दै प्रस्तुत गर्ने चलन छ । गीत समाप्त नहुन्जेल सम्म यो नाच देखाईन्छ । नाच प्रस्तुत गर्ने समूहमा जोर संख्या ८ वा र वा १० जना सम्मन हुन्छन् ।
कलॉली प्याखं
नेवार सांस्कृतिक जीवनमा तान्त्रिक पूजा अनुष्ठान गर्दा कलालीमा पूजा सामग्री राखी निश्चित स्थानमा गई पूजा गर्ने चलन छ । सोही अनुसार यस कैलाली प्याखमा चाहिँ ‘हाकु पटासि’ लाएकी एक स्वास्नीमान्छेले कलाँली समाई दायाँ बायाँ हेर्दै कसैले देख्ने पो हो कि भनेर डर मान्दै बोक्सी पूजाका लागि प्रस्थान गर्ने दृश्य सांकेतिक रुपमा यस नाचमा प्रस्तुत गर्ने चलन छ । नाच देखाउँदा पनि प्राय धेरै प्रकाश नहुने गरी तेलको दीयो (सुकुण्डा) मात्र बालेर जाने दृश्य यस नाचको निक्कै रोचक पक्ष मान्न सकिन्छ (ललितपुर पटुको टोलबाट मंगलबजार सुन्दरी चोक निस्कने ‘ममदु गल्लि’ मा छिन्नमस्ता देवीको पीठको भित्तामा यस्तै आशयको भित्ते चित्र जसमा वायाँ हातको चोर औंला बालेर दायाँ हातले कलाली समाई त्यसको पछाडि उसकै साथीले एक लोग्ने मान्छेलाई चार खुट्टा टेकाइ कुचोको पुच्छर लगाई घाटीमा डोरीले बाँधि घिसार्दै लगिरहेको दृश्य यहाँनिर प्रासङ्गिक मान्न सकिन्छ ।
माक प्याखं
यस नाचमा रामका दूत हनूमान् र हनूमानका अनुचर बाँदरहरुले राम लक्ष्मण लङ्का जान समुद्रमा पुल वाध्ने ढुङ्गा खोज्दै ल्याएको र पुल तयारी पछि उनीहरु निक्कै खुशी भइ राम लक्ष्मण र हनूमानका अघिल्तिर नाचेको सोही कथानकको चित्रण यस नाचमा दर्शाइएको हुन्छ । बाँदरहरुका स्वभाव धेरै चन्चल र उफ्री उफ्री हिँड्ने स्वाभाविक चरित्रलाई नाटकीयता प्रदान गर्नु यस नाचको विशेषता हो ।
भालु प्याखं
यस नाचमा एउटा भालू गोठाला र लामजू (लामा) प्रस्तुत हुन्छन्; जसमा भालूलाई विभिन्न भाषा बोली हाउभाउ गराइ नाच्न लगाइन्छ । अन्त्यमा दर्शकहरु सामू पैसा माग्न लगाई टुङ्गयाइन्छ ।
गाईंचा प्याखं
नेवार जनजीवनमा विभिन्न चाडपर्व, विवाह, व्रतबन्ध आदि उत्सवहरुमा मनोरञ्जन गर्न गीत गाउन लगाउने प्रचलन पूर्वकालदेखि रहँदै आएको पाइन्छ । ‘ज’ लाई नेपाल भाषामा ‘गाईंचा’ भनिन्छ । कालान्तरमा सामाजिक विकृति उपर व्यङ्ग्य गर्न चलन चल्दै राजनैतिक व्यङ्गवाण हान्ने चलन सम्ममा पुगेको दृष्टिगत् हुन्छ ।
लुसि प्याखं
नेवार समाजमा धान उसिनेर माटोको हाँडीमा भुटेर त्यसपछि ओखलमा राखि ‘लुसि’ (काठे मुसल) दुइ वटा दुइ जनाले समाई च्यूरा कुट्ने धेरै पुरानो चलन छ । सो कुरा यस नाचमा दर्शाउन विभिन्न समूहमा (४, ६, ८ आदि) गीत गाई चिउरा कुटेको दृश्य हाउभाउ गरी प्रस्तुत गरिन्छ । दर्शकहरुलाई मनोरञ्जन गराउन सो लुसिले च्यूरा मात्र नकुटि एक आपसमा जुधाई नाच्ने दृश्य निकै रोचक हुन्छ ।
म्हयखा प्याखं
पहिले १२ वर्षको एकपल्ट मात्र प्रदर्शन हुने ‘ख प्याखं’ को एक उपदृश्य नाच यो रहेको जानिन्छ । तर आजभोलि जनै पूणर्िमा वा गाईजात्रापछि वार्षिक रुपमा देखाउने गरिएको बुझिन्छ । जसमा एक जना कलाकारले मात्र मयूरको वस्त्रभूषण लगाई सोही ढङ्गले नाच्ने गरिन्छ ।
जंगली प्याखं
देवी प्याखं कै एक उप दृश्यात्मक अंशको रुपमा प्रस्तुत हुने यस नाचमा असुर जातिको प्रतिनिधित्व हुने जंगली (जंगलबाट निस्केका) लाई अन्त्यमा गर्ने कथानक अन्तर्गत यो नाच प्रदर्शन गर्ने चलन रहेको जानिन्छ ।
कवांचा प्याखं
महाकाली नाच र भैरव प्याखंमा हुने कवान्चाको विशेषता दर्शाउने नाचको रुपमा यसलाई लिन सकिन्छ । २ जना ( भाले, पोथी रुपमा) सम्म कलाकार रहने यस नाचमा ‘कवांचा’ नामैले अस्थिपंजरमात्र हुने भएकोले सोही अनुरुपको हाउभाउ प्रर्दशन गरिन्छ ।
ख्या प्याखं
देवीनाचकै एक पात्र ‘ख्या’ (ख्याक) पनि हुन् । यो नाच सोही ‘ख्या’ को विशेष नाचका रुपमा लिन सकिन्छ । यो नाच पनि भैल प्याख र देवी प्याख मा मात्र विशेषरुपमा देखाइन्छ । जसमा ‘ख्या ग्वारा तलेगु’ भनेर विशेष प्रकारको वला प्रदर्शन गरिन्छ ।
खिचा प्याख
कुकुर (खिचा) लाई नृत्यनाथ ‘नासद्यो’ कै वाहनको रुपमा पनि मान्ने चलन छ । मानव समाजसित धेरै निकट रहँदै आएको कुकुर नै हो । यसो हुँदा नेवार नाचगानमा कुकुरले पनि स्थान पाएको छ । मानिस स्वयं कुकुरको रुपमा नाच्ने उप-दृश्यात्मक नाचका रुप्मा देखा पर्छ; जसमा एक वा २ जना कलाकार रहन्छन् ।
हांय प्याखं
१२ वर्षको एक पल्ट प्रदर्शन गर्नुपर्ने ‘खः प्याखं’ मा एक उपदृश्य का रुपमा यो हायं प्याखँ देखाउने चलन रहेको देखिन्छ । जसमा हाँसको चालमा नाच्ने हिन्दी (मैथिली) भाषामा पनि संवाद बोलिने हाउ भाउ गर्ने यो नाचमा एक जना मात्र कलाकारले प्रदर्शन गर्ने चलन छ ।
सिख प्याखंः
भूत ख्यः याइगु प्याखं
भूतलाई देवताकै एक अंगको रुपमा पनि मान्ने चलन अनुसार यो नाच भूत प्रधान नाच हो । ‘भूतोमि देवयो नयः’ भन्ने अमरकोषको परिभाषाले पनि भूत मानिसको लागि देवताकै एक अंशको रुपमा रहेको कुराले यस्ता सांस्कृतिक नाचगानमा भूतले पनि स्थान पाएको कुरा जानिन्छ । ‘भूतनाथ’ शिवलाई पनि प्रयुक्त सन्दर्भमा लोकजीवनमा भूत भन्नाले भयं डर पैदा गर्ने विषय रहेता पनि यो देव अंश पनि हो भन्ने जानिन्छ ।
शेर सिंह प्याखं
शेर सिंह दुवैनाम एकै जीवका देखिए तापनि यस प्याखंमा सिंहलाई भाले र शेरलाई पोथीका रुपमा एक जना लामाले हिन्दी भाषामा (मैथीली) संवाद बोली लड्डु खुवाउने अभिनय विशेष रोचक देखिन्छ ।
सलां प्याखं
माथि उल्लेखित ‘प्याखँ’ हरु बाहेक पनि यहाँको सांस्कृतिक जनजीवनमा केही निम्न लिखित नाचहरु ‘एक दृश्यात्मक नाच’ का रुपमा प्रदर्शित गर्ने चलन रहँदै आएको देखिन्छ ।
ड्ड कपाय फेनिगु
ड्ड था ज्या यनेगु
ड्ड किजा पूजा
ड्ड कचिमया वान्छोय यंकेगु
ड्ड सिल वानिगु
ड्ड माघ खः / आदि नामका प्याखंहरु विभिन्न समयमा प्रदर्शन गर्ने चलन छ ।
कपाय फनिगु नाचमा ४ जना केटी र २ जना केटा कलाकार हुन्छन् । जसमा ती ४ जना केटीहरुले कपासबाट धागो कात्ने चर्खा गीत गाउँदै चलाइरहेका हुन्छन् र २ जना केटाहरुले चाहिं कपास चुट्ने काम गरिरहेका हुन्छन् । ‘था ज्या यनेगु’ मा नेवार समाजमा प्रचलित (विशेषगरी ज्यापू समाजमा प्रचलित) घरेलु उद्योगका रुपमा कपडा बुनी कपडाको क्षेत्रमा आत्मनिर्भर रहेको कुराको स्पष्ट झलक मिल्छ । जसमा तानमा कपडा बुन्नका लागि धागो मिलाउने (थाज्या यनेगु) अभिनय गरिन्छ ।
किजापूजा प्याखंमा भाइटीका लगाउने ४ जना दीदी बहिनी र चारै जना तीनका दाजुभाइहरु बसी कार्तिक शुल्क द्वितियाका दिन मनाइने भाइपूजा पर्वको अभिनय गरिन्छ, जस्को दायाँ वायाँ यमदूतका रुपमा २ जना डर लाग्दा व्यक्ति देखाइन्छन् । कचिमचा वान्छोय यंकगु नाच मल्लकालीन नाच होइन; रणबहादुर शाहले बिफर लागेका बच्चाहरुलाई देश निकाला गर्दा उसका आमा बाबुहरुले अलाप-विलाप गरी कुनै बच्चा पीठ्यूँमा बोकी हात समाई दुःख पूणर् गीत गाउदै सामाखुशी पारि पुग्नु पर्ने मार्मिक कुराको अभिनय यस नाचमा प्रस्तुत गर्ने चलन छ ।
देशका शासकले- जनताको सुख शान्तिमा ध्यान दिनुको सट्टा दुखः दिएको गुनासो गरी ईश्वरसंग प्रार्थना गर्ने मूल-कथा यस नाचको गीतले स्पष्ट पार्छ । सिलु वानेगु- नाचमा हाम्रो समाजमा प्रचलित लोग्ने स्वास्नी संगै ‘सिलु’ (गोसाइकुण्ड ) जान नहुने लोक-मान्यता रहँदै आएको परिप्रेक्षमा स्वास्नी चाहिंले- ‘संगै जान्छु’ भनी ढीपि गर्ने र लोग्ने चाहिँले संगै जान हुँदैन अनिष्ट पर्छ’ भनी सम्झाउने मार्मिक गीत- दृश्य यस नाचमा प्रस्तुत गरिन्छ । ‘माघ खः’- मा नेवार समाजमा प्रचलित माघ महिना भरी प्रत्येक घरमा माघ महात्म्य, स्वस्थानी कथा, भन्ने चलन अनुरुप त्यस कथामा वणर्ित विभिन्न कुराहरुको दृश्य बनाई खटमा राखी देश परिक्रमा गर्ने चलन छ ।