मल्लकालीन सात बहाको पुरातात्विक सम्पदा अवलोकन भ्रमण–२०८०, मल्ल प्रधानाङ्ग प्रतिष्ठानका तर्फबाट श्री राजेश
चन्द्र प्रधानाङ्गज्यूको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त भ्रमणमा आधारित श्रव्य–दृश्य सामग्री मल्ल प्रधानाङ्ग प्रतिष्ठान द्वारा आयोजित
Aeroship Logistics Nepal Pvt. Ltd को सहकार्यमा Anamorphic Films Pvt. Ltd. द्वारा निर्माण गरिएको हो । यसको निर्माण तथा
निर्देशन श्री सोमेश लाल मल्लज्यूले गर्नुभएको हो ।
उक्त श्रव्य–दृश्य प्रदर्शनी २०८३ साल असार ७ गते नयाँ बानेश्वरस्थित iNi Cinemas–NB Center मा सफलतापूर्वक प्रदर्शन गरिएको छ ।
प्रदर्शनीका लागि १४ वटा संस्थाले Screening Sponsor का रूपमा सहयोग प्रदान गरेका थिए ।
सहयोगी संस्थाहरूमा Sarwanam Theatre (कालिकास्थान), Khwapa Chhen Restaurant & Guest House (खौमा, भक्तपुर), Hotel
Mulberry (ज्याठा, ठमेल), NepMeds – Your Health Partner (चाबहिल, काठमाडौं), Let Me In Korean Aesthetic Skin Hospita (नयाँ
बानेश्वर), Hotel Crowne Imperial(रवि भवन हाइट्स, काठमाडौं), GCE Group (थापाथली, काठमाडौं), Guheshwori Merchant
Banking & Finance Ltd. (हरिहर भवन, ललितपुर), PDIL Courier (सिनामंगल, काठमाडौं), AWAL Cement Carving (बाँश गोपाल,
भक्तपुर), Aastha Advertising – 360° Marketing Agenc (मध्य बानेश्वर, काठमाडौं), Ethiopian Cargo – GSA Nepal Shipping and
Air Logistic Pvt. Ltd (बुद्धनगर, काठमाडौं), SMART DOC – Document Management System (नयाँ बजार, काठमाडौं) तथा GMK
Group of Companies (तिनकुने, काठमाडौं) रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि, नेपाली नाट्य जगतका विशिष्ट व्यक्तित्व, वरिष्ठ नाटककार, निर्देशक तथा रंगकर्मी आदरणीय श्री अशेष मल्लज्यूले
कार्यक्रम व्यवस्थापन समितिका सदस्यहरूलाई भादगाउँले टोपी लगाई सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरूमा कार्यक्रम संयोजक श्री
राजेशचन्द्र प्रधानाङ्गज्यू, सदस्य श्री दिनेशप्रसाद प्रधानाङ्गज्यू, सदस्य श्री राकेशबहादुर प्रधानाङ्गज्यू, सदस्य श्री अनिल मल्लज्यू, सदस्य श्री मञ्जित
मल्लज्यू तथा सदस्य श्री सोमेश लाल मल्लज्यू रहनुभएको थियो । त्यसैगरी, कार्यक्रमका लागि सिनेमा स्क्रिन तथा प्राविधिक सहयोग उपलब्ध
गराएकोमा iNi Cinemas–NB Center च लाई पनि सम्मान व्यक्त गरिएको थियो । यस अवसरमा कार्यक्रम संयोजक श्री राजेशचन्द्र
प्रधानाङ्गज्यूलाई कार्यक्रमको सफल नेतृत्व, प्रभावकारी समन्वय तथा उत्कृष्ट व्यवस्थापनका लागि विशेष सम्मान प्रदान गरियो भने सोही
क्रममा श्री सोमेश लाल मल्लज्यूलाई कार्यक्रममा प्रस्तुत श्रव्य–दृश्य सामग्रीको निर्माण तथा प्रस्तुतीकरणमार्फत महत्वपूर्ण योगदान पु¥याएकोमा
विशेष सम्मान व्यक्त गरियो ।
कार्यक्रमलाई थप आकर्षक बनाउन तीनवटा प्रायोजक संस्थाले र एउटा मल्ल प्रधानाङ्ग प्रतिष्ठानले भाग्यशाली उपहार Lucky Draw को
व्यवस्था गरेका थिए । Hotel Mulberry ले Swimming सहित Couple Dinner Package, Hotel Crowne Imperial ले Couple Dinner
Voucher, NepMed रु. ५,००० बराबरको Health Package तथा मल्ल प्रधानाङ्ग प्रतिष्ठानले परम्परागत नेवारी कलात्मक झ्याल उपहारस्वरूप प्रदान गरेको थियो ।
उल्लेखनीय दर्शकको सहभागिता, सहयोगी संस्थाहरूको सक्रिय साथ तथा प्रायोजकहरूको महत्वपूर्ण योगदानका कारण कार्यक्रम भव्य, सफल
तथा स्मरणीय बन्न पुगेको आयोजकले जनाएको छ । प्रदर्शनीले मल्लकालीन सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण, प्रवद्र्धन र
दस्तावेजीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।



