मानसिक स्वास्थ्यबारे चेतनामूलक अन्तरक्रिया कार्यक्रम

मानसिक स्वास्थ्यबारे चेतनामूलक अन्तरक्रिया कार्यक्रम image

नसा तथा मनोरोग विशेषज्ञ प्रा. डा. धनरत्न शाक्यबाट रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहलाई मानसिक स्वास्थ्यबारे चेतनामूलक अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । मानिसको आनीबानी, बोलीब्यवहार, भावना, सोच आदिमा देखिएका परिवर्तनहरु मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयम्ले, परिवार, साथीभाई, इष्टमित्रहरुले कसरी बुझ्ने? मानसिक स्वास्थ्य के हो ? कसरी मानसिक समस्या उत्पन्न हुन्छरु आदि लगायत् मानसिक रोगहरुका लक्षणहरु र उपचारका सवालहरुमा सहभागीहरुलाई प्राध्यापक डा. शाक्यले अन्तरक्रियात्मक प्रशिक्षण दिनु भएको हो ।

 

डा. शाक्यले ब्यस्त जनजीवनमा मानसिक स्वास्थ्यका समस्याहरु जटिल बन्दै गएको प्रति सचेत पार्दै कोही कसैका आफ्ना नियमित र सामान्य व्यवहारमा परिवर्तन वा अन्य मनोबैज्ञानिक बदलाव सहितका लक्षणहरु लामो समय रही जीवनका विविध पाटामा समस्या पैदा भएमा मानसिक रोग वा मानसिक स्वास्थ्यका समस्या हुनसक्ने औंल्याउदै, लक्षण देखिने बितिकै आवश्यक उपचार र परामर्शका लागि सचेत हुनुपर्नेमा जोड दिनुभयो । बेलैमा सचेत हुन सकिएन भने मानसिक स्वास्थ्य बिग्रेर कडा मानसिक रोग र विभिन्न जटिलताहरु आइपर्ने हुन्छ। त्यसैले, मानसिक स्वास्थ्यका सवालहरुमा सचेतनाको आवश्यकता रहेको कुरामा डा. शाक्यले जोड दिनुभयो । रोटरी क्लव अफ भक्तपुरका अध्यक्ष गंगालक्ष्मी अवालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा पूर्व अध्यक्ष सुन्दरप्रताप राणाले धन्यवाद ज्ञापन गर्नुभयो । निवर्तमान अध्यक्ष विनिता हाडा प्रधानांगले क्लवका क्रियाकलापहरुबारे संक्षेप राख्नुभएको सो सेसनमा यूसेप नेपालका निर्देशक केशव सुवाल सहित दुई दर्जन बढि पदाधिकारीहरु सहित अन्य महानुभावहरुको सहभागिता थियो ।

 

rotary club of bhaktapur

398544399 2067708616914285 413702757675545173 n 398566152 2067708666914280 5558505086729859401 n

Event Details

  • START DATE

    November 11, 2023
  • end date

    November 11, 2023
  • Time

    9am
  • status

    Completed
  • VENUE

    Bhaktapur District
  • organizer

    रोटरी क्लव अफ भक्तपुर

You might also like

+ A -