डार्विनले जीवहरूको विकासक्रम कोषबाट भएको र विस्तारै जलचर प्राणी उभयचर हुँदै स्थलचरमा परिणत भएको कुरा विज्ञानसम्मत ढङ्गले प्रमाणित गरिदिए । तर, मानवहरूको विकास सँगै सभ्यताको उकालो चढ्ने क्रममा जङ्गली युगबाट गुजार्दै अगाडि बढेको कुरा समाज शास्त्रीहरूको मत छ । सामाजिक सम्झौताका प्रवर्तकहरू हब्स, लक र रुसोले समाजको बनोटबाट राज्यको उत्पत्तिको बारेमा वर्णन गरे । तर, भाषा र लिपिको विकासको बारेमा विद्वान्हरू एकमत नभए पनि भाषा मानव सभ्यताको सबैभन्दा प्रगतिको रूप हो भन्नेमा सबै एकमत नै छन् । यसको लागि मानव समाजको विकासलाई आधार नबनाई अगाडि बढ्नु त अपूरो नै हुनेछ ।
भाषा मनको कुरा बोलेर पछि लेखेर अभिव्यक्त गर्ने माध्यम हो । मानव जीवनमा सुखसँगै हाँसोका उद्गार, दुःख सँगै आँसु झार्नु पहिलो भाषाको रूपमा विकास भएको हुनुपर्छ । त्यसैले संसारका मानिसहरूको आफ्नो सुख–दुःख हाँसो र आँसुबाट पोख्ने साझा र समान अभिव्यक्ति हो । त्यसपछि हातको इसारा, आँखाको इसारासँगै मान्छेले गरेका सतर्कता एकले अर्कालाई गराउने क्रममा नदेख्दा वा नबुझ्दा मुखबाट अनौठो आवाज निकाले । जुन प्रायः सम्पूर्ण प्राणीहरूको एउटै तरिका देखिन्छ । तर, मानिसहरूले मात्र निश्चित आवाजले आफ्नो अभिव्यक्ति पोखे ।
परिपक्व स्वरले सधैं निश्चितता प्रदान गर्दै भाषाको विकास गरे । जहाँ मानवका अनेक सभ्यताहरू गुजारे । हवाङहो नदी सभ्यता, मेसोपोटानियाको सभ्यता, माया, हडप्पा सभ्यता अनेक सभ्यतासँगै कति भाषासँगै लिपिहरू सभ्यताको पतन सँगै पृथ्वीको गर्भमै बिलाएर गए ।
‘पशुहरू केवल आँसु झार्छन्, रुँदैनन्’ भन्ने भनाइले पनि तिनीहरूले वास्तविक बेदना बुझेका हुँदैनन् भन्ने अर्थ दिन्छ । तिनीहरूको पीडा न्य भाव क्षणिक हुन्छ ।
स्यालको हुइयाँ, कागको कराइ, कुकुरको रुवाइ, गाई, भैंसी, भेडा–बाख्रा बुढो हुँदा बेचेर पठाउँदाको नाईं नास्ती र आँसु झराइको बेदनाको रूप र मापन हुँदैन । त्यसैलाई आधार बनाई मानिसहरूले मानवेतर पात्रहरूलाई मानव बनाएर प्रस्तुत गरे । अनि तिर्नै मानवेतर पात्रहरूलाई आफ्नो पीडा मान्छेले नसुन्दा उनीहरूलाई सुनाउँदा आँसु झारेको प्रसङ्गलाई भाषा बुझेको रूपमा मात्र प्रस्तुत गरे । यसरी मान्छेले आफ्नो चेतना सभ्यताको निरन्तर यात्राको क्रममा प्रकृतिबाट अपूर्व सम्पत्तिको रूपमा भाषालाई प्राप्त गरे ।
अन्य प्राणीका तुलनामा मान्छे प्रकृतिप्रदत्त त्यस्ता सम्पतिका कारणले गर्दा सुरुआत भाषाका आवरणमा टुटेफुटेका अनुभूतिहरू एक अर्कामा सञ्चार गर्न, संरक्षण गर्न र संस्मरण गर्न थाल्यो । आगोले पोल्ने, हिउँले डाम्ने, बाढीले बगाउने, पै¥होले पुर्ने, भीरबाट लड्ने, काँडाले घोच्ने, अत्यधिक वर्षा, प्रचण्ड गर्मी, मुटु कमाउने जाडो जस्ता प्राकृतिक क्रियाबाट प्राकृतिक वन्य जीवजन्तु, वनस्पति आदिबाट हुने आक्रमण र घर्षणबाट जनित पीडा, फलफूलका स्वाद, सुन्दर दृश्यको रमाइलो आदि पदार्थको मूर्त र अमूर्त सम्पर्क एवं उपभोगबाट हुने अनुभूतिका क्षणहरू र तिनको प्रतिक्रिया व्यक्त गर्ने क्रममा मान्छेले आफूलाई प्रक्षेपक र प्रापक दुवै वस्तुका रूपमा स्थापित गर्दै गए ।
भाषाले टुटे फुटेको अभिव्यक्ति क्षमता सम्हालेपछि प्राकृतिक डाँडा, खोला, आँधी बतास, धर्ती, आकास, अन्धकार, प्रकाशजस्ता दृश्य–अदृश्य, ईश्वर, मन मस्तिष्क संवेदना र अनुभूतिजस्ता अदृश्य र अस्पृश्यजस्ता तत्त्वहरू पनि मानव मस्तिष्कमा अमित छाप बनिरहे । जसको शब्दको उच्चारण बारंबार गरेपछि त्यही शब्द वाक्य बन्दै भाषाको उत्पत्ति भएको मानिन्छ ।
(विभिन्न पुस्तकको आधारमा) त्यही भाषाको क्रमसँगै मानव सभ्यताले भौतिक सम्पत्ति पनि जम्मा गर्न थाले । सिकारी अवस्था पार गर्दै कृषि र पशुपालनतिर आएपछि मानिसले पालेका घरपालुवा पशुहरूको सङ्ख्याको रेकर्ड राख्न लिपि, अक्षर वा कुनै सङ्केतको आवश्यकता महसुस गरे । अनि कुनै (ढुङ्गा) खरीले त्यस्तै सिलेटमा धर्को कोर्दै घरपालुवा पशुहरूको रेकर्ड राख्न थाले । त्यसैले सिलेटमा धर्को कोर्दै घरपालुवा पशुहरूको रेकर्ड राख्न थाले । त्यसैले अक्षरको सुरुआत (I) धर्को नै हो भन्नेमा धेरै विद्वानहरू सहमत देखिन्छ ।
आफ्ना पशुहरूको सङ्ख्या (IIIII) धर्को तानेर चर्न लगेको बेला केटा–केटीले पनि आफ्ना आमा–बुबाले नदेख्ने गरी त्यसमा धर्को थपेर तानेर जाँदा उनीहरू अलमलमा परेकोबाट निश्चित आकारको अङ्कको खोजी गर्न थाले । जसमा पहिला रोमन अङ्क ( I, II, III, IV, V, VI, VII, VIII, IX, X….) को विकास गरे । तर (0) शून्यको विकास नहुँदा अझै कठिन भएको थियो । जब (0) शून्यको विकास भयो संसार नै परिवर्तन भएको मानिन्छ ।
अक्षरको विकास भने चित्रात्मक रूपमा भएको मानिन्छ । चिनियाँ लिपि त्यसको उदाहरणको रूपमा लिन सकिन्छ । जस्तै– ‘G’÷’G’ अङ्ग्रेजी र देवनागरी भएजस्तै प्रच िलत लिपिमा ‘ग’ र रञ्जनामा ‘पनि’ ग को स्वरूप झण्डै उस्तै देखिन्छ । त्यसबेला आफू सिकार जानुपर्दा चित्र कोरेर जान्थे । आफ्नो गुफाको उक्त साङ्केतिक चित्रले सिकार (Hunting) खेल्न गएको भन्ने बुझिन्छ । त्यस्तै जनावर रुँदा मुख माथि उठाएर रुने ( ) बाट Animal वा A को सृष्टि गरेको बुझिन्छ । वास्तविक रूपमा मानिसको चाहनालाई चित्रात्मक रूपमा अभिव्यक्ति गर्दै अक्षर सृष्टि गरेको देखिन्छ ।
चराको चिर्बिर, सल्लाको सुसेली, झरनाको मिठो आवाजको समिश्रण सँगै भालु, बाँदर, बाघ, डाँफे, मयूरजस्ता जीव जन्तुको आवाज र नाचबाट मान्छेहरूले नाच र सङ्गीत बनाएको भनिन्छ । तर ती सबै कुरालाई लिपिबद्ध गर्न आवश्यक थानी मान्छेहरूले पहिला ढुङ्गामा, गुफाको भित्तामा अन मसीको आविष्कारसँगै मयूरको प्वाँखबाट ताडपत्रहरूमा र शिलापत्र कुँद्न थाले । जसमा इतिहासको कालखण्डमा विभिन्न लिपिहरू प्रयोग गरे । कति सभ्यताको अन्त्यसँगै लोप हुँदै गए । संस्कृत भाषा, पाली भाषा आज मृत प्रायः अवस्थामा छ ।
पूर्वीय साहित्यमा अक्षारम्भ गराउन सरस्वतीको मन्दिरमा लगी बिजोड अक्षता खवाई ‘ॐ’ बाट गराउने चलन छ । त्योसँगै धर्का धर्का (IIIII) र गोलो गोलो (०००००) लेख्न लगाएबाट पनि अक्षारम्भ रेखा र वृत्तबाट भएको सहजै अनुमान गर्न सकिन्छ । चिनियाँ अक्षरहरूत झन रेखा चित्रको सहायतामा व्यक्त गर्ने हँुदा आफ्नै अगाडिका रुखहरू ( ) धर्का र सूर्य, चन्द्रमा जस्ता गोलो वस्तुहरूको नक्कल बाटै अक्षरको सृष्टि भएको मान्न सकिन्छ । ती नै धर्काबाट सिन्की अक्षर ग, त, म न आदि सृष्टि गरे । त्यसपछि बाङ्गिदै गएका धर्काहरूबाट अनेक अक्षरहरू कुँडिन थालेको देखिन्छ ।
महादेव र पार्वतीको उमेरगत रूपमा फरक चाहनाले सधैं ठाकठुक पर्ने कुरा झगडामा परिणत भएपछि महादेव कैलाश छोडेर पृथ्वी लोकमा आउने गर्थे। कहिले मान सरोवरमा गएर राजहाँस भएर खेली बस्थे भने कहिले मृगस्थलीमा आएर मृग/हरिण भएर खेलेर बस्थे । अनि पार्वतीले ब्रम्हा र विष्णुलाई उजुरी गरेर पृथ्वीमा आई फकाउँदै लैजान्थे । किराँत कालमा पनि त्यस्तै घर झगडाको क्रममा कैलाशबाट हालको नुवाकोट जिल्लाको कविलाशमा आई महादेव बस्न आएको थियो रे ।
त्यसबेला पार्वतीलाई धेरै पछि चिनी पनि तीतो हुन्छ भने झैँ महादेवलाई बोलाउन आएन । महादेवले एक किराँतिनीसँग प्रेम सम्बन्ध राखेर बच्चा पनि पाएछ । हतपतको काम लतपत भने झैँ त्यो बच्चा मासु एकातिर र हड्डी एकातिर भै पाएछ । त्यो देखेर काठको मुढामा बसिरहेको महादेवलाई दिक्क लागेछ र हात चलाउँदै त्यो मुढा बजाउँदा त्यहाँबाट बाजाको जस्तो मिठो बोली निस्केछ । त्यही बेलामा ती मासु मासुको ख्याक र हड्डी हड्डीको कवां (अस्थिपञ्जर) नाच्न थाले रे ।
अनि महादेव (नाट्टेश्वर) ले तिनीहरूलाई ताल, बोल, नाच (बाजा, गीत, नाच) सिकाए रे । त्यसपछि पृथ्वी लोकमा मान्छेहरूले सङ्गीत सिके रे भन्दै महादेवलाई नाट्टेश्वरको रूपमा पूजा गरेको हो भन्ने लोकोक्ति छ । अनि महादेव खुसी भएर त्यही कुरा पार्वतीलाई सुनाउँछु भनी डमरु बजाएर सङ्केत गरे । जसबाट ‘ग, ज, ध, ब’ स्वर निस्के रे । त्यसैलाई पहिलो अक्षर सम्झेर व्याकरण सुरु गरेर महादेवलाई व्याकरणको जन्मदाताको रूपमा पनि पुकारिन्छ ।(*) त्यसैले महादेवको निधारको टीकामा (… ) तीन धर्का र (…. ) तीन नक्षेत्रमध्ये एकको सङ्केत देखाएको हो कि ? त्यस्तै गरेर नाट्यश्वरको मूर्ति छैन । मात्र नासः द्यो भनेर (…) त्रिभुज देखिएबाट पनि माथिको कुरालाई पुष्टि गर्छ कि । अनुसन्धान कै क्रममा छ ।
त्यस्तै गरी सरस्वतीको बाहन राजहाँस राखेकोबाट दूधको दूध, पानीको पानी छुट्याउन सक्ने हुँदा भित्री हृदयले मात्र अक्षर सिक्ने वा ज्ञान प्राप्त गर्ने सङ्केत गर्छ भने त्यो ज्ञान पछि विणाको मृदुस्वर जस्तै आनन्द निस्कन्छ भन्ने सङ्केत पनि अक्षरकै विकसित सङ्केत वा गुह्य ज्ञान मान्नुपर्छ । जे होस वेदव्यासले भन्दै गरेको गणेशजीले लेख्दै गरेको भन्ने आहानबाट लेखन परम्परा श्री गणेश भएको हो कि ? जस्तोसुकै भएपनि पूर्वीय परम्परामा भने वर्णहरू झण्डै उस्तै देखिन्छ ।
(* एम. ए. नेपाल भाषा पढ्दा संस्कृतिविद् सत्यमोहन जोशीज्यूको कक्षाबाट सिकेको)
स्रोतः ख्वपको पहिचान भाग–२