वैशाख महिनामा मनाइने चाहाडपर्वहरूको नाम
विस्का: जात्रा (विस्केट जात्रा)
मनाइने समय चैत्र २७ वा २८ गतेदेखि
प्रमुख झलक– भैरव र भद्रकालीको रथ मसान्तमा ल्यो सिं उभ्याउने र वैशाख १ गते ढाल्ने, नववर्ष आरम्भ, अष्टमातृका र छुमा गणेश टोलका अन्य देवताहरूको जात्रा गर्ने, नगर व्यापि सोगं पूजा गर्ने
मायागु ख्वाः स्वयेगु माता तीर्थ
आमाको मुख हेर्ने/आमा नभएकाले औंसी ब्राम्हणलाई सिधा दिने । मातातीर्थ स्नान ।
अक्ष्यय तृतिया
शुभदिन विवाह, वेलविवाह र व्रतबन्ध गर्नलाई साइत जुराउनु नपर्ने, सखर पानी दान गर्ने ।
स्वाया पुन्ही, भोँ पुन्ही चासु पुन्ही, बुद्ध पूर्णिमा
महामानव बुद्धको प्रतिमा बाजा गाजा सहित नगर परिक्रमा गरी विश्व शान्तिको कामना गर्ने । बनेपा र भक्तपुरमा चण्डेश्वरी जात्रा ।
जेष्ठ महिनामा मनाइने चाडपर्वको नाम
सिठि नखाः (कुमार षष्ठी)
कार्तिकेयको जन्मदिन, इनार सफा गर्ने, वारा चटामारी खाने, देवाली पूजा समाप्त, भक्तपुरको भगवतीको जात्रा ।
आषाढ महिनामा मनाइने चाडपर्वको नाम
भगष्ठी (भलभल अष्टमी)
नवदुर्गा नगर परिक्रमापछि जन प्रवेश, नवदुर्गाको वार्षिक कार्यक्रम चक्रको समाप्ति ।
श्रावण महिनामा मनाइने चाडपर्वको नाम
हरिशयेणी एकादशी
विष्णु पूजा व्रत, तुलसी पूजा गर्ने ।
गाठामुग च¥हेपाहा चह्रे (घण्टाकर्ण)
भूतप्रेत पन्छाउने, नगरको प्रमुख टोलमा छ्वालीको घण्टाकर्ण बनाई साँझ बस्तीको बाहिर लगी जलाइने ।
भाद्र महिनामा मनाइने चाडपर्वको नाम
गुला धर्म शुरू
पूरा एक महिनासम्म बौद्धमार्गिहरुले विहारमा पूजा अर्चना गर्ने ।
नागपञ्चमी
निवासस्थान रक्षार्थ मूलढोकाहरुमा नागको तस्बिर टाँसी पूजा गर्ने
गुनीपुन्ही (रक्षा बन्धन, जनै पूर्णिमा)
नौ थरीका गेडागुडी राखी क्वाती खाने, जनै फेर्ने
सापारू (गाईजात्रा)
वर्ष दिनको अवधिमा आफ्ना परिवार मध्ये दिवंगत भएका व्यक्तिको नाममा गाईको प्रतिमा स्वरूप थरिथरिका प्रतिक बनाई देश परिक्रमा गराउने । आठ दिन नौ रातसम्म ख्यालः र परम्परागत नृत्य प्रदर्शन प्रारम्भ ।
पञ्चदान चह्रे
बौद्ध धर्मको पर्व, बौद्ध धर्मालम्वीहरूले बुद्धको पूजा अर्चना गर्ने, पंच बुद्धको प्रतिमा घुमाउने ।
व्वाः यागु ख्वा स्वयेगु (बुबाको मुख हेर्ने, गोकर्ण औंसी)
पिताको मुख हेर्ने ÷ पितानभएका ले ब्राम्हणलाई सिधा दिने । गोकर्ण स्नान ।
कृष्णाष्टमी
श्री कृष्णको जन्मदिन, कृष्णको पूजा अर्चणा र नगर परिक्रमा ।
आश्विन महिनामा मनाइने चाडपर्वको नाम
चठाः (गणेश चौथी)
गणेशको जन्मदिन राती गणेश तथा चन्द्रमा पूजा गरी गेडागुडी भुटेर चढाउने ।
यन्याः पुन्ही
पूजा गर्ने, मुपात्र र पुलुकिसी नगर परिक्रमा गर्ने । सिद्ध पोखरीमा इन्द्रयणीको जात्रा चलाउने ।
दशै पर्व
घटस्थापनाको दिनदेखि नवौँ दिनसम्म सूर्योदय हुनु अगाडि देवीहरूको आराधना गर्न पीठहरूको पवित्र तीर्थस्थलमा स्नान गर्ने । फूलपाति, महाअष्टमि नवमी र दशमिको दिन चारदिन विशेष रूपमा देवीको आराधना गरि दशैं पर्व मनाउने ।
कार्तिक महिनामा मनाइने चाडपर्वको नाम
स्वलाती (स्वन्ती) तिहार
को (काग) पूजा, खिचा (कुकुर पूजा) म्हा पूजा (गोवर्धन पूजा, नेपाल सम्वतसर) किजा पूजा (भाइ टिका) पर्वहरू मनाउने ।
हरिबोधनी एकादशी
विष्णु भगवानको व्रत तथा पूजा, तुलसी पूजासमाप्ती ।
मंसिर महिनामा मनाइने चाडपर्वको नाम
सकिमा पुन्ही
यातु महादेवको पूजा अर्चना, टोल टोलको देवस्थलमा हरिमन्दी प्रदर्शनगर्ने र पिडालु, सखरखण्ड, गेडागुडी चढाउने (नसा ब्वयगु)
बाला चतुर्दशी
दरबारस्थित ९९ चोक क्षेत्रमा सतविज छर्ने । (आजभोली प्रायः वन्द भैसके ।) पशुपति क्षेत्रमा सतबीज छर्ने ।
पुष महिनामा मनाइने चाडपर्वको नाम
योमरी पुन्ही/धान्य पूर्णिमा
चामलको पिठो मुछी भित्र चाकु र तील हाली उसिनेर (एक प्रकारको नेवारी रोटी योमरी) बनाइ धान्यदेवीको पूजा अर्चना गरी चढाउने ।
पौष शुक्ल पूर्णिमा
स्वास्थानी व्रत कथा प्रारम्भ
माघ महिनामा मनाइने चाडपर्वको नाम
घ्योः चाकु सलुः । (माघे सक्रान्ति)
घ्यू, चाकु, तरुल र पालुङ्गो खाने ।
माघ शुक्ल पूर्णिमा
स्वस्थानी व्रत समाप्ती ।
श्री पञ्चमी
विवाह, बेलविवाह, व्रतवन्धको शुभ दिन÷सरस्वती पूजा अर्चणा ।
फागुन महिनामा मनाइने चाडपर्वको नाम
सिलाचह्रे (शिवरात्री)
बेलुका टोल टोलमा दाउरा बालेर रातभरि जागरण बसी शिवको आराधना गर्ने ।
होली पुन्ही
एक आपसमा मित्रताको लागि प्रेमपूर्वक रंग खेल्ने ।
चैत्र महिनामा मनाइने चाडपर्वको नाम
पाहा चह्रे
केही जातिय गुठी संचालन गर्ने दिन ।
एकदम उत्कृष्ट