चन्द्रमाको गति अनुसार प्रत्येक महिना आकाशमा जव पूर्ण चन्द्र देखिन्छ त्यो दिन पूर्णिमा तिथी मानिन्छ । यस हिसावले वर्षमा बारह विभिन्न पूर्णिमा आउँछ । र प्रत्येक पूर्णिमाको नामाकरण आआफनै ढंगले भएको हुन्छ । जस्तो बैशाख शुक्ल पूर्णिमाको दिन साँखु बज्रयोगिनीको जात्रा हुने भएर साँखु पुन्हीले चिनिन्छ । जेष्ठ शुक्ल पूर्णिमाको दिन काभ्रेपलान्चोकको पनौतीमा जात्रा हुने भएर पलाँती पुन्हीले प्रसिध्द छ । कार्तिक शुक्ल पूर्णिमाको दिन पिंडालु उसिनेर खाने भएकोले सकिमना पुन्हीबाट प्रख्यात छ । त्यस्तै मंसिर शुक्ल पूर्णिमाको दिन चाकुको झोल सहितको चामलको पिठोबाट बनेको एक प्रकारको रो्टी योमरी खाने दिन भएर यो दिन योमरी पुन्हीले परिचीत छ। मंसिर शुक्ल पूर्णिमाको दिन चाकुको झोल सहितको चामलको पिठोबाट बनेको एक प्रकारको रो्टी योमरी खाने दिन भएर यो दिन योमरी पुन्हीले परिचीत छ । यो तिथी सवैभन्दा जाडो समयमा पर्छ । त्यतिमात्र हैन , वर्षको सवैभन्दा लामो रात पनि यहि समयमा पर्छ । यस सम्वन्धमा एउटा कहावत जनमानसमा अत्यन्त लोकप्रिय छ । योमरी पूर्णेमा योमरी पकाउन घरमा एकगेडा अन्न नभएको अवस्थामा एक पटक भक्तपुरका एक दम्पति आघा रातमा हिडेंर पनौती पुगेछ । त्यहाँ आफन्तसँग धान सापट लिई उहि धान कुटि चामल बनाई भक्तपुर फिरेछ । र चामलको पिठो मुछदै धमाधम योमरी बनाई पकाएछ । त्यतिबेला सम्म झिँसमिसे उज्यालो भएछ । यसबाट योमरी पूर्णेको अघिल्लो रात कति लामो हुने रहेछ , आँकलन गर्न सकिन्छ । योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ त्यो रातको समय त्यतिकै लामो हुने कहावत पनि उतिकै चलेको छ । त्यस्तै योमरीको सम्वन्ध मौसमसँग पनि जोडिएको छ । मंसिर शुक्ल पूर्णिमाको दिन योमरी खानुको साथै केही योमरी ढुकुटीमा राखी पूजा गर्छ र चार दिन पछि विवाहिता छोरीवेटी बोलाई सवैलाई लक्ष्मीको प्रसादको रुपमा बाँडिदिन्छ । यी चार दिनमा ढुकुटीको योमरी पटपट फुटेमा जाडो कतिबढेको छ थाहा पाउँछ । यसबाट योमरीको सम्वन्ध जाडोसँग भएको पाउँछ । त्यतिमात्र होईन , काठमाण्डौं उपत्यकामा दशैंतिहार पछि जाडो बढ्न शुरु हुन्छ । यसैलाई दृष्टिगत गरि कार्तिक शुक्ल पूर्णेको दिन तातातो सखरखण्ड, पिंडालुको साथ भुटेको मकै, भटमास, केराउ खाँदा शरिरलाई न्यानोपन प्राप्त हुन्छ । अझ एक महिना पछि अर्थात मंसिर शुक्ल पूर्णिमा सम्म आई पुग्दा चिसो झन बढेको हुन्छ । र त्यो चिसोबाट बच्नको लागि ताततातो योमरी खान्छ । योमरी भित्रको चाकुले शरिरलाई उर्जा प्राप्त हुन्छ । साथै दशैं तिहार पछि धान काट्ने समय सामाज्याबाट चिनिन्छ । यहि सामाज्याबाट प्राप्त भएपछि वर्षको पहिलो धानबाट चामलको पिठो तयार गरिन्छ । त्यहि चामलको पिठोबाट योमरी हुन्छ । मंसिर शुक्ल पूर्णिमाको दिन यसरी बनाएको योमरी केही खाने, केही बाँडने र केही पूजा गर्ने चलन छ । चाकु र तीलको मिश्रण भएको लटु आकारको योमरीका साथ खुवा, मुगींको लिटो आदिले बनाएको त्रिकोण आकारको योमरी परिवारविच खाने चलन छ । योमरी सवै नेवारहरुको मौलिक सांस्कृतिक पहिचान हो । सवै नेवारको घर घरमा यस दिन योमरी पाक्छ । बिहान सवेरै देखि घरका गृहिणीहरु योमरी पकाउन ब्यस्त भएको हुन्छ । तर यहिकै रैथाने नेवार भएर पनि भक्तपुरको टौमढी, गाहिटी, बोलाछें लगायतका स्थानहरुमा बस्ने यस पक्तिकार समेतका धौभडेलहरुको यस दिन योमरी पकाउन हुदैंन ।यस सम्वन्धमा एउटा कहावत चलेको छ ।धेरै पहिले एक पटक सधैं झैं मंसिर शुक्ल पूर्णिमाको दिन धौभडेल परिवारमा योमरी बनाउदै खादैं गरेको थियो । धौभडेल परिवार धेरै ठूलो थियो । बुहारीहरु धमाधम योमरी बनाउँदै थियो । परिवारका सदस्यहरु बन्दै गरेको योमरी खादैं थियो । घरका मूलि पनि योमरी खान भनी भान्छामा आउँदा त एउटै योमरी तयार भएको पाएन । यत्रो बिहान देखि बनाएको योमरी बारे सोधखोज गर्दा कामले लखतरान भएकी बुहारीहरुलाई रिस उठेछ ।बुढो सँग बुहारीहरुको ठाकठुक परेछ । यसबाट बुढोलाई साहृै रिस उठेछ र रिसकै झोकमा बुढाले प्याच्च भनिदिएछ, अव आइन्दा योमरी पुन्हीको दिन तिमीहरुले योमरी पकाए त्यो मेरो टाउको पकाए सरह हुनेछ । त्यहि समय देखि योमरी पूर्णेको दिन धौभडेलहरुले योमरी पकाउन छाड्यो । आजसम्म पनि योमरी पूर्णेको दिन कोही पनि धौभडल बन्धुहरुको घरमा योमरी पाक्दैन । त्यसको अर्थ धौभडेलहरुले योमरी खानै नहुने पनि हैन । अरुवेला जहिेले योमरी पकाउन सकिन्छ ।त्यहि योमरी पूर्णे एकदिन मात्र पकाउन नहुने हो । अनि योमरी पकाउन नहुने भनी आफन्त छरछिमेकी साथीभाईहरुले धौभडेल बन्धुहरुलाई योमरी दिन ल्याउँछ । थरि थरिको स्वादको योमरी खान पाएर उनीहरु मख्ख पर्छ ।योमरीसँग जोडिएको धौभडेलहरुको यो कहावत धेरैको लागि नौलो हुनसक्छ ।
मंसिर शुक्ल पूर्णिमाको दिन योमरीको पूजा गरि त्यसको चार दिन पछि प्रसाद लिने सन्र्दभमा अर्को एउटा किंवदन्ती छ । थिला पुन्हिको दिन धनका राजा कुवेर मगन्तेको भेषमा पान्चाल देशका सुचन्द्र वैश्यको घरमा माग्न पुगेछ । त्यस समय सुचन्द्रका श्रीमतिले बडो मिठो बोलीले आउनुस बस्नस भनी सत्कार गरि मिठो मिठो खान दिई राम्रो लुगा समेत दिएछ। यसबाट अति प्रसन्न भई कुवेरले आफनो सक्कली रुप दर्शन दिई मार्ग शुदिको दिन विमिरो, चामलको पिठो र चाकुले बनेको योमरी ढुकुटीमा राखी पूजा गर्नु र चार दिन पछि हेर्न निर्देशन दिएछ । कुवेरले भन्ने झैं मंसिर शुक्ल पूर्णिमाको दिन विमिरो, योमरी सहित पिठोको लक्ष्मी, गणेश, कुवेर , ख्याक, कछुवा आदि ढुकुटीमा राखी पूजा गरेछ । र चार दिन पछि हेर्दा उक्त विमिरो फल सुनमा परिणत भएको पाएछ । त्यसबाट सुचन्द्र वैश्यले प्रशस्त धन आर्जन गरेछ ।यसबेला देखि प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन योमरीको पूजा गर्नुको साथै खाने चलन रहयो ।त्यहिबाट मंसिर शुक्ल पूर्णिमाको दिन योमरी खानुको साथै केही योमरी ढुकुटीमा राखी पूजा गर्ने र चार दिन पछि विवाहिता छोरीवेटी बोलाई सवैलाई लक्ष्मीको प्रसादको रुपमा बाँडिदिने चलन बन्यो ।
नेवार संस्कृतिमा नयाँ घर बनाई सकेपछि छानाबाट योमरी गुडाउने चलन छ । साथै यहाँका धरोहरको रुपमा चिनिने मठमन्दिर, देवालय शिवालय बहाबहीको बर्षबन्धनको दिन छानाबाट योमरी गुडाउने गर्छ । नयाँ घर तथा सम्पदासँग योमरीको के त्यस्तो सम्वन्ध छ खोजविनको विषय हुन आउँछ । वास्तवमा नयाँ घरको छाना होस वा कुनै सम्पदाका छाना होस त्यसको ढल्काई र योमरीको लटु आकार सँग एक प्रकारको सम्वन्ध भएकै कारण यसरी छानाबाट योमरी गुडाउने संस्कृतिको विकास भएको हो । तर अचेल यसको गुढ थाहा नपाएर योमरीको ठाँउमा लडु गुडाउने गर्दछ । केही समय पश्चात भक्तपुरको हनुमानघाट र काठमाण्डौंको साँखु शालीनदिमा स्वस्थानी ब्रत शुरु हुदैंछ । स्वस्थानी देवीको दर्शनका साथ ब्रतालुहरुलाई केही न केही बाड्ने चलन छ । यदि ब्रतालुहरुलाई योमरी बाँडिदिएको खण्डमा छोरा पाउँछ भन्ने मान्यता छ । यहि मानयताबाट अभिप्ररित भएर नेवार समाजमा गर्भिणी छोरीवेटीलाई योमरी सहित भोज ख्वाउने चलन छ ।
त्यसो त नेवार संस्कृतिमा सवैभन्दा पहिले बनाउन जानेको मिठाई योमरी हो । शुरुमा चामलको पिठोको दुईतीर चुच्चो परेको चाकु नभएको रोटी बनाए । जसलाई उनीहरु मुतुमारी भन्छ । विशेष पूजापर्व, म्हपूजा , जन्मदिन लगायतमा यसको आवश्यकता अनिवार्य छ । मुतुमारी पछि नेवारहरुले गुलियोको लागि चाकु र नुनिलोको लागि मुगींको लिटो र मिठोको लागि खुवा राखी योमरी बनाउन जाने । तर यो मिठाई रोटीको नाम नै राख्न जानेन । सवैलाई मन पर्ने भएपछि यसको नाम ने योगुमारी भयो । जुन पछि गइ योमारी बन्न पुग्यो । मिठाई भन्ने पछि हुरुक्क हुने केटाकेटीहरुलाई योमरी मन पर्नु स्वाभाविकै कुरा हो । त्यसैले दुई वर्ष देखि हरेक जोडा वर्ष याने चार, छ , आठ, दश र बारह वर्षमा जति वर्ष हो उति नै वटा योमरीको माला लगाईदिने प्रथा बस्यो । तर मालामा उनेको योमरी केटाकेटीले खाएमा जिउभरि चाकु लाग्ला भनी जन्मदिनको लागि बनाएको योमरी भित्र चाकु हाल्दैंन। बरु त्यसको सट्टामा केही गेडा चामल हालिन्छ । यस्तै यस्तै थुप्रै किवंदन्तीहरुले योमरी सवैको निम्ति मनपर्ने रोटी अर्थात योमरी बनेको छ ।
नेवारको सांस्कृतिक पहिचान योमरी
मौलिक कला र संस्कृतिका धनी नेवार समुदायमा वर्षभरि मनाउने विभिन्न चाडपर्वमा मंसिर शुक्ल पूर्णिमाको दिन मनाउने योमरी पुन्हि पनि एक प्रमुख पर्व हुन । यहाँ योमरीको खास अर्थ योगुमरी अर्थात मनपर्ने मिठाई हो ।प्रत्येक महिनामा पर्ने पूर्णिमाको दिन विशेष परिकार खाने चलन नेवार समाजमा छ । यसमध्ये मंसिर शुक्ल पूर्णिमाको दिन योमरी खाने चलन छ ।योमरी खाने विशेष दिन भएको कारण यो दिन योमरी पुन्हि वा पूर्णिमाबाट चिनिन्छ । त्यसो त चन्द्रमाको गति अनुसार वर्षभरि आउने विभिन्न बारह पूर्णिमा मध्ये यो पूर्णिमालाई योमरी पुन्हीका साथ कतै थिसला पुन्ही कतै धान्य पूर्णेबाट पनि चिनिन्छ । जहाँ थिसला पुन्ही नेपालभाषाको महिना जनाउने आफनै शब्द हुन त धान्यपूर्णेबाट यो पर्व धानसँग सम्वन्धित रहेको देखिन्छ ।योमरी नेवार समाजको एउटा मह्त्वपूर्ण सामाजिक तथा सास्कृतिक पहिचान पनि हो ।योमरीको सास्कृतिक महत्व धेरै छ । नेवार समाजमा दुई वर्ष, चार वर्ष, छ वर्ष, आठ वर्ष, दश वर्ष, र बारह वर्ष गरि छ पटक जोडा वर्षको जन्मदिन मनाउने क्रममा वर्ष अनुसार योमरीको माला लगाईदिने चलन छ ।त्यस्तै यहाँका किसान वर्गमा योमरीको अझ ठुलो महत्व छ ।कृषि कार्यमा ब्यस्त हुने किसान वर्गमा योमरीको अझ धेरै महत्व देखिन्छ । योमरी पुन्हीको दिन किसान वर्गका नवविवाहिता छोरीकहाँ माइती पक्षले ठुलुठला १६ वटा योमरी सहित कु (भोज भाग) पठाउनुपर्छ । त्यस्तै विवाहित छोरी गर्भवति हुँदा माइती पक्षले दही च्यूरा खुवाउने क्रममा बढीमा १०८ वटा र घटीमा ४८ वटा योमरी पनि पठाउनु पर्छ । नेवारहरुको मौलिक सस्कृति मानिने गुठीमा समेत योमरी खाने प्रचलन छ । यहि योमरी पूर्णिमा ताका प्राय सवै नेवारहरुको गुठी मनाउने चलन छ ।नयाँँ घर बनाउँँदा छानाबाट योमरी गुडाउने अर्को एउटा सास्कृतिक मान्यता यहि समाजमा छ ।तर अचेल योमरीको सट्टा लडुको प्रयोग भएको पाईन्छ । त्यस्तै योमरीको तन्त्रसँग पनि उत्तिकै सम्वन्ध छ । यसको कारण प्राय दिक्षा पूजामा योमरीको आवश्यकता पर्छ ।अझ नेवार समाजमा योमरीकै्र जात्रा पनि हुन्छ ।त्यसमा पाटनको प्रसिध्द मछिन्द्रनाथको जात्रा अन्र्तगत नरिवल खसाल्ने जात्रामा पटक पटक योमरी खसाली जात्रालुहरुलाई झुक्याउँदाको क्षण रमाईलो हुन्थ्यो । अचेल योमरी खसाल्ने परम्परा लोप भैसक्यो । यता पाटनकै लुभुमा मंसिर शुक्ल पूर्णिमाको दिन हुने महादेवको जात्रामा योमरी चढाउने चलन छ । बनेपाको प्रसिध्द चण्डेश्वरीको जात्रामा पनि योमरी प्रसादको रुपमा उपयोग गर्ने प्रचलन छ । यसबाट योमरी एउटा खाने परिकार मात्र हैन ,बरु समस्त नेवार समाजकै पहिचान हो भन्ने देखिन्छ ।
वर्षको एकदिन मंसिर शुक्ल पूर्णिमाको दिन त सवैको घरघरमा योमरी खाने परम्परा छ । चामलको पिठो, चाकु , तील, नरिवलको धुलो आदि सामाग्रीबाट योमरी बनाईन्छ । सर्वप्रथम एउटा भाँडोमा पानी तताईन्छ । त्यसमाथि प्वाल प्वाल परेको अर्को एउटा भाँडो राखिन्छ । चामलको पिठो मुछिन्छ । त्यसको लागि तातो पानी प्रयोग गर्नु राम्रो मानिन्छ । यसरी राम्रो सगँ मुछिसकेको पिठोको एउटा सानो डल्लो हातमा लिई अर्को हातको चोर औंला घुसाई बिस्तारै बिस्तारै घुमाउनु पर्छ । यसो गर्दा एकातिर चुच्चो परेको हुन्छ भन्ने अर्कोतिरप्वाल सहित फुकेको भाग हुन्छ । त्यहि प्वालबाट अर्को भाँडामा तयार पारेको चाकुको मिश्रण हाल्नुपर्छ । त्यसपछि उक्त प्वाल बन्द गरि त्यहाँ डाँफे चराको जुरो झैं आकार निकालिन्छ । यसरी तयार भएको योमरीलाई मम पकाउने जस्तो प्वाल प्वाल परेको भाडाँमा राखी त्यसमाथि अर्को भाडाँले छोपी दिन्छ । तल राखेको भाडाँको पानी उम्ली वाफबाट योमरी पाक्छ ।यसरी बनेको योमरी ताततातो खानुको मज्जै अर्को हुन्छ । योमरीमा चाकु बाहेक पिंधेको मुगीं, मासु , खुवा , गुँडपाक आदि राखी बनाउन सकिन्छ ।
मंसिर शुक्ल पूर्णिमाको अघिल्लो रात वर्षभरिको सवभन्दा लामो रात मानिन्छ । असार शुक्ल पूर्णिमाको दिन वर्षको सवभन्दा लामो दिन मानिन्छ । हामीकहाँ एउटा के भनाई चलेको छ भन्ने मंसिर शुक्ल पूर्णिमाको अघिल्लो राती सुतेर नपुग्ने र असारशुक्ल पूर्णिमाको् दिन काम गरेर नथाक्ने ब्यक्ति कहिल्यै सुखी हुदैंन भन्ने गरिन्छ । यसमा यहि मंसिर शुक्ल पूर्णिमाको अघिल्लो रात लामो रात भएको कारण गृहिणीहरु चाँडै उठी योमरी बनाउन तिर लाग्छ । योमरी बनाउने क्रममा ढुकुटीमा राखी पूजा गर्न मायो बायो नामका दुई अलग्ग तर ठूला योमरी पनि बनाउँछ । त्यसपछि चाकु, मुगीं, खुवा , गुँडपाक जस्ता विविध परिकारका योमरीहरु तयार गर्छ । र सर्वप्रथम घर टोल वरपरका देवदेवीको लागि चढाउने योमरी छुट्टाईन्छ । र देवदेवीलाई पूजा गरि योमरी चढाईन्छ ।पहिला पहिला भए गीत गाँउदैं योमरी माग्न आउनेको लागि पनि योमरी भाग लगाउने गर्दथ्यो । जुन अचेल हराईसकेको छ । बाँकी योमरी परिवारजन विच खाने गर्छ ।
हेर्दा सवै योमरी एउटै जस्तो लागे पनि खासमा यो दुई प्रकारका हुन्छ । एउटा त्रिकोण आकारको हुन्छ त अर्को लट्टु आकारको हुन्छ । यहाँ योमरी भन्नासाथ यहि लटु आकारको भन्ने संकेत गर्छ ।नेवार समाजमा यहि किसिमको योमरीको अत्यधिक प्रयोग भएको पाईन्छ । लटु आकारको योमरीमा प्रायगरि चाकु तीलको झोल हाल्ने गरिन्छ ।यसप्रकारको योमरीलाई स्थानीय नेपाल भाषामा मायो भन्ने चलन छ । र त्रिकोण आकारको योमरीलाई बायो भनिन्छ । यसमा विशेष गरि मसलायुक्त मुगीको लिटो हालिन्छ । जसको स्वाद नुनिलो हुन्छ ।यसप्रकारको योमरीमा मुगीं बाहेक मास , केराउ ,खुवा , गुँडपाक , मासुको किमा जस्ता विविध परिकार राख्ने चलन छ । यहाँ मायो योमरीले स्त्री र बायो योमरीले पूरुषप्रति संकेत गरेको देखिन्छ । यी दुवै प्रकारको योमरीलाई सृष्टिका प्रमुख तत्व योनी र लिंगको रुपमा लिन सकिन्छ । त्यसो त योमरी आफैंलाई देवताको प्रतिकको रुपमा लिने गरिन्छ । विशेष गरि धन वा अन्नको प्रतिकका् रुपमा लिईन्छ ।यसदिन किसानवर्गले खेतबाट ढुकुटीमा भित्रयाएको नयाँ धानको थुप्रो माथि योमरी राखी पूजा गर्ने गर्दछ । त्यसबेला अलि ठुलो आकारको मायो बायो योमरीको साथ चामलको पिठोबाट बनेको श्री गणेश,श्री लक्ष्मी, श्री कुवेर ,कछुवा, ख्याक आदि मूर्तिहरु बनाई धानको थुप्रोमा राखी पूजा गर्छ । त्यसको चारदिन पछि विवाहिता छोरीहरु बोलाई लक्ष्मीको प्रसादको रुपमा योमरी बाँडिखाने गर्छ । यसरी योमरीको पूजा गरेमा वर्षभरि घरको अर्थ स्थीर हुन्छ अनि धनधान्यले परिपूर्ण हुन्छ भन्ने मान्यता छ यसको पछाडि एउटा किवंदन्ति प्रचलित छ । थिला पुन्हिको दिन धनका राजा कुवेर मगन्तेको भेषमा पान्चाल देशका सुचन्द्र वैश्यको घरमा माग्न पुगेछ । त्यस समय सुचन्द्रका श्रीमतिले बडो मिठो बोलीले आउनुस बस्नस भनी सत्कार गरि मिठो मिठो खान दिई राम्रो लुगा समेत दिएछ। यसबाट अति प्रसन्न भई कुवेरले आफनो सक्कली रुप दर्शन दिई मार्ग शुदिको दिन विमिरो, चामलको पिठो र चाकुले बनेको योमरी ढुकुटीमा राखी पूजा गर्नु र चार दिन पछि हेर्न निर्देशन दिएछ । कुवेरले भन्ने झैं मंसिर शुक्ल पूर्णिमाको दिन विमिरो, योमरी सहित पिठोको लक्ष्मी, गणेश, कुवेर , ख्याक, कछुवा आदि ढुकुटीमा राखी पूजा गरेछ । र चार दिन पछि हेर्दा उक्त विमिरो फल सुनमा परिणत भएको पाएछ । त्यसबाट सुचन्द्र वैश्यले प्रशस्त धन आर्जन गरेछ ।यसबेला देखि प्रत्येक वर्ष मंसिरशुक्ल पूर्णिमाको दिन योमरीको पूजा गर्नुको साथै खाने चलन रहयो ।यसरी हिन्दु धर्मालवम्वीहरुले योमरीलाई लक्ष्मी एवं कुवेरको रुपमा पूजिएको हुन्छ त यता बौध्द धर्मालवम्वीहरुले चैत्यको रुपमा लिएको देखिन्छ । योमरीको आकार समेत कतै कतै चैत्य झैं देखिन्छ ।
नेवार समाजमा प्राय गरि हत्केलामा अट्ने खालका योमरीहरु बन्ने गरिन्छ । र पूजाको लागि त्यो भन्दा अलि ठुलो योमरी बन्छ । तर मान्छेकै जिउ जत्रो ठुलो आकारको योमरी पनि बन्छ भन्दा नपत्याउन सक्ला । भक्तपुरको गोल्मढी टोलमा एक मुरी धानको र्छवटा ठुला ठुला योमरी बनाउने प्रथा यधपि छ । भक्तपुर गोल्मढीका रंजीतकारहरुको एउटा गुठीले यो परम्परा धान्दै आएको छ । प्रत्येक वर्ष योमरी पूर्णेको दुई महिना अगाडि आउने कोजाग्रत पूर्णिमाको राती गोल्मढी टोलको चैत्य अगाडि यो योमरी प्रदैशन गरिन्छ । माटोको घैंटामा विभिन्न रगंहरु राखी पुरै घैंटालाई चामलको पिठोले योमरीको रुपमा छोपीएको हुन्छ । यी योमरीहरुलाई चैत्यको अगाडि लहरै प्रर्दशन गरिन्छ । थुप्रै जनसमूदायको उपस्थितीमा संकेत प्राप्त हुनासाथ सवैजना योमरी लिन तँछाडमछाड गर्छ । योमरी लिने धुनमा योमरी भित्रको रंग छयापा छयाप हुन्छ । त्यो दृश्य अति रोमान्चक हुन्छ । उनै गुठियारहरु पुन अर्को त्यस्तै ठुलठुला योमरीहरु लिई भक्तपुरको तल्लो भेगको बोलाछें टोलको अखुं बहाल पुग्छ । त्यहाँ भित्र रहेको चैत्य अगाडि पनि सोही तवरले योमरी प्रर्दशन गर्छ । र मनोरन्जन पश्चात सवैजनालाई सम्येबजी बाडिँदिन्छ । र योमरीको जात्रा सम्पन्न हुन्छ । यसबाट योमरी बनाउने चलन योमरी पूर्णेको दुई महिना अगाडि नै भएको देखिन्छ । अनि योमरी भन्दा अगाडि नेवार समाजले योमरी झैं चामलको पिठोले बनेको मुटुमारी भनिने रोटीको उपयोग गरेको पाईन्छ । नेवार सस्कृतिमा म्हपूजा, जन्मदिन, भिंरथारोहण जस्ता विविध अवसरमा नभई नहुने यी मुटुमारीकै विकसित रुप योमरी हो । वास्तवमा योमरी कृषिसँग सम्वन्धित एक सांस्कृतिक पहिचान हो । योमरी कहिले देखि प्रचलनमा आएको हो कहिंकतै स्पष्ट उल्लेख नभए पनि नेवारहरुको मूख्य पेशा कृषि नै भएको सन्र्दभमा योमरीको प्रचलन प्राग ऐतिहासिक काल देखि नै भएको हुनुपर्छ । त्यसो त योमरी सँग सम्वन्धित एउटा लोकप्रिय गीतमा समेत कृषिको लागि मरिमेट्न् एक वर्ग र कृषिबाट भएको आम्दानीमाथि रजाँई गर्ने अर्को वर्गको उल्लेख छ । त्यतिमात्र हैन , नेवार समाजमा अचेल लोप हुन लागेको बुरांज्या कालो धान राख्ने गर्दा समेत धानको थुप्रो भित्र योमरी राख्ने बाट योमरी र कृषि विच प्रत्यक्ष वा परोक्ष सम्वन्ध रहेको पुष्टि हुन्छ । कृषि अर्थात खेतको काम गर्ने ब्यक्ति सधैं ब्यस्त हुने गर्छ । यसवर्ग लाई यहाँ ज्यापू भन्ने गरिन्छ । योमरी कृषिकै एउटा उपज, त्यसैले केही समय यता देखि योमरी पूर्णिमाको दिनलाई ज्यापू दिवसको रुपमा मनाउने गरेको छ । काठमाण्डौ उपत्यका लगायत नेवार वस्तीहरुमा यसदिन परम्परागत भेषभुषामा योमरीसँग सम्वन्धित विभिन्न कार्यक्रमहरु हुने गर्छ ।
योमरी पूर्णिमा त्यस्तो एउटा संस्कृति हो जसको सम्वन्ध साहित्य सँग पनि छ । यसदिन टोल टोल वस्ती वस्तीमा समूह समूह बनाई आफनै भाषाको गीत गाई योमरी माग्ने चलन छ । त्योछिं त्यो , बकछिं त्यो , लातापाता कुलेचां जुछिं त्यो , थुपालेया सामा वल , योमरी छग तियो । योमारी तुयु, उकिया दुने हाकु ।नयेबलय माकु , हामो नापां चाकु ।।ब्युम्हा ल्यासे, मब्युम्हा सितीकुति बुरी ।। यस्ता गीत गाई केटाकेटी देखि युवाहरु समेत घरघरमा योमरी माग्ने चलन छ ।यहाँ खेती गर्ने किसान देखि कुत उठाउने तलसिंगको अवस्था उजागर छ । अनि योमरी माग्ने क्रममा दिने जति तरुनी, नदिनेलाई बुढीको संज्ञा दिनुबाट योमरी माग्नुको उद्येश्य मायापिरती गाँस्नु हो भन्ने बुझिन्छ।